समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

पुर्व गृहमन्त्री घिमिरे सहित ३ जना बेपत्ता, तीन जनाको मृत्यू - 2016-09-25
शालिग्राम नेपाल , चितवन ९ असोज पुर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेर दुर्घटना हुदा उनी सहीत तीन जना बेतत्ता भएका छन भने तीन जनाको ज्यान गएको छ । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षिया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको ज्यान गएको छ ।

चन्द्रपुर वाणिज्य संघमा जिते पछि बिजय जुलुस - 2016-09-25
रौतहट ९ असोज चन्द्रपुर नगर उधोग वाणिज्य संघको अध्यक्षमा सुनिल जयसवाल बिजयी भएपछि समर्थकहरुले बिजय जुलुस निकालेका छन । जयसवालले चर सय ५७ मत ल्याएर बिजयी भएका हुन ।

पुर्व गृहमन्त्री माधव घिमिरे त्रिशुलीमा बेपत्ता - 2016-09-25


दुर्घटनामा एक को मृत्यू - 2016-09-24
शनिवार दिउसो करीव चार बजे रौतहट जिल्ला गौर नपा वडा नं ११ सिस्वा स्थित बाटोमा गौरबाट जिङडवा तर्फ जादै गरेको BR05S5616 नं को मोटरसाइकले पैदल यात्री लाइ ठक्कटर दिदा पैदलयात्रीको मृत्यू भएको छ ।

शिल्यान्यास भएको ११ बर्ष बित्यो,छात्रावास भवन बन्न सकेन - 2016-09-24


गाबिस सचिबको पदपुर्ति हुन्छ : एलडिओ बस्नेत - 2016-09-24
रौतहट ८ असोज जिल्ला विकास विकास समिती रौतहटका स्थानिय विकास अधिकारीे उमेश बस्नेतले गाविस सचिवहरुको संख्या बढाउने प्रयास भैरहेको जनाएका छन ।

मध्यरातमा रेडियो स्टेशन भत्काए पछि चौतर्फी बिरोध - 2016-09-23
काठमाण्डौ ७ असोज / मध्यरातमा धादिङ्गमा रहेको रेडियोको स्टेशन भत्किाए पछि सरकारको चौतर्फी आलोचना हुन थालेको छ । स्वतन्त्र संचार माध्यम माथी सरकारले निर्मम रुपमा आक्रमण गरेको भन्दै संचार सम्वद्ध संघसस्था तथा नेकपा एमाले लगाएत बिभिन्न पार्टीहरुले बिरोध गरेका छन ।

तराइ मधेशमा जितिया पर्व मनाउदै - 2016-09-23
कलपपाटी ७ असोज/ तराई मधेशमा महिलाहरुले शुक्रवार निष्ठापुबैक जितिया पर्व मनाइरहेका छन । विवाहित महिलाहरुले जोखिम, विपत र दुर्घटनाबाट छोराछोरीको दुर्घायू र रक्षाको कामना गर्दै ब्रत बस्ने चलन छ ।

स्मरण शक्ति बढाउदै बिधार्थी - 2016-09-23
रौतहट ७ असोज / सुघेर छामेर बिधार्थीले अक्षर चिन्ने र कुनै बस्तु को नाम भन्दा कतै जादु कला हो की भन्ने लाग्न सक्छ । तर त्यो जादु नभइ स्मरणशक्तिको बिकाशबाट बिधार्थीमा यस्तो क्षमता देखिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747811 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top