समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
महोत्तरीमा युवकको हत्या - 2018-02-17
महोत्तरी: जिल्लाको मटिहानी नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा शनिबार एक युवकको शव फेला परेको छ ।

मुख्यमन्त्री कार्यालयको फोहोर जलाउँदा डढेलो सल्कियो - 2018-02-15
जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय परिसरमा आगलागी भएको छ । सुरक्षाकर्मीले आगो निभाउन नसकेपछि दमकल बोलाइएको छ ।

महोत्तरीमा सवारी दुर्घटनाः छोराको मृत्यु, आमा गम्भीर - 2018-02-14
महोत्तरी : जिल्लाको लोहारपट्टी नगरपालिकामा बाटो काट्दै गरेका आमा–छोरालाई ट्याक्टरले ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

सुवर्णपुरमा आन्दोलन जारी, एक मोटरसाइकलमा आगजनी - 2018-02-14
वीरगञ्ज : पर्साको ठोरी गाउँपालिकामा सेवा केन्द्र सार्ने विषयलाई लिएर आन्दोलन अझै जारी छ । वडा नम्बर ५ सुवर्णपुरका आन्दोलनकारीहरुले आज एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

चट्याङ लागेर २२ सैनिक जवान घाइते - 2018-02-14
बैतडी : मंगलबार साँझ चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तरगत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएका हुन् ।

सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले गरे सफाइ - 2018-02-12
कैलाली : दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाइ गरेका छन् । कैलाली र कञ्चनपुरसँग जोडिएको डोके बजार आसपासको दशगजा क्षेत्र तथा डोके बजारमा सरसफाइ गरिएको हो ।

प्रदेश २ को दोस्रो बैठकः सभामुख र उपसभामुख निर्वाचन कार्यक्रम तय गर्ने - 2018-02-12
जनकपुरधाम : प्रदेश नम्बर २ दोस्रो प्रदेशसभा बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको सघीय संसद सचिवालयका सहसचिव वंशिराज पौडेलले जानकारी दिए ।

मुनलाइट एकेडेमी प्रदेश नम्वर २ को उत्कृष्ठ बिधालय - 2018-02-11
रौतहट २८ माघ // रौतहटको चन्द्रनिगाहपुरमा रहेको मुनलाइट एकेडेमीले प्रदेश नम्वर दुइ बाट सस्थागत बिधालय तर्फ उत्कृष्ठ स्थान पाएको छ । शिक्षा मन्त्रालयले बुधवार एक समारोहका बिच मुनलाइट एकेडेमी लाइ सम्मान तथा पुरस्कार हस्तान्तरण गरेको छ ।

संसद आलम द्धारा स्वास्थ्य चौकी शिलान्यास - 2018-02-11
रौतहट २८ माघ // रौतहट क्षेत्र नम्वर २ का संसद तथा पुर्व मन्त्री मो अफ्ताव आलमले लौकाहामा स्वास्थ्य चौकीको आइतवार शिलान्यास गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783175 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top