समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

स्यालले टोकेका १६ जना बिरामी लाइ काठमाण्डौ पठाइयो [अपडेट] - 2016-10-04
रौतहट १८ असोज /। रौतहटमा स्यालले टोकेर २३ जना मानिस घाइते भएका छन । १६ जना लाइ उपचारको लागी काठमाण्डौ पठाइएको छ ।

कालो वजारी गर्ने लाइ २० बर्ष सम्म सजाय - 2016-10-03
कलमपाटी १७ असोज / आपूर्ति मन्त्री दिपक बोहराले बजार व्यवस्थापन, अखाद्य वस्तु विक्रि वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरु बिरद्ध कडा कानुन ल्याउन लागेको बताएका छन ।

अधिकृत र सुब्वा घुस सहीत पक्राउ - 2016-10-03
कलमपाटी १७ असोज / वैदेशिक रोजगार विभाग, काठमाण्डौंमा कार्यरत शाखा अधिकृत रमेश लामीछाने र सलाही जिल्ला मालपोतका सुब्वा राम नरेश रायलाइ लाखौ घुस रकम सहित अख्तियारले सोमवार पक्राउ गरेको छ ।

रौतहटमा बस्ने एक महिलालाई चिकनगुनियाको संक्रमण - 2016-10-02
कलमपाटी १६ असोज / रौतहटको चन्द्रनिगाहपुरमा बस्दै आएकी एक महिला लाइ चिकनगुनियाको संक्रमण देखा परेकोछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङक्रमण ती महिलामा देखा परेको जनाएको छ ।

बस दुर्घटना ३ जनाको मृत्यू , ५० घाईते - 2016-10-02
हेटौडा १६ असोज / मकवानपुरको हांडीखोला २ मकरीमा बस दुर्घटनाहरु तीन जनाको ज्यान गएकोछ भने ५० जना भन्दा बढी घाइते भएका छन ।

कोरेक्स सहित एक जना पक्राउ - 2016-10-01
कलमपाटी १५ असोज लागुऔषध कोरक्स सहित एकजना युवकलाइ प्रहरीले पक्राउ गरेको छ । जलेश्वर बाट काठमाण्डौ तर्फ गईरहेको ना ५ ख ७२३७ नम्बरको बसमा चेकजाचको क्रममा रौतहटको चन्द्रपुर ८ पौराईमा युवक पक्राउ परेका हुन ।

प्रेम विवाहको जरिवानाले थलिएको ललिताको जिन्दगी - 2016-09-30
सइन्द्र राई अञ्जान विद्रोह, सामाजिक सम्झौता अनि वैयक्तिक जीवनको रामकहानी घुरमैलो स्कुले नोटकापीबाट सुरू हुन्छ। रौतहटको लक्ष्मीपुर दोस्तिायामा झुरुप्प बसेको मुसहर बस्ती। बस्तीको बीचमा फुसले बनेको वीरेन्द्र माझी मुसहरको घर। त्यही घरको पिँढीमा बसेर विरेन्द्रकी जीवनसंगिनी ललिताले सुनाइन् आफ्नो प्रेम कहानी। जहाँ प्रेम मात्र थिएन समाजको कठोर नियम थियो, प्रेम सफल बनाउन पाइलैपिच्छे दिनुपर्ने परीक्षा थियो।

कुशको शवलाई राहात खोइ ? - 2016-09-30
रौतहट १४ असोज / झुन्खुनुवा गाबिस ८ का दिपेन्द्र साहको परीवारमा पिडामा छ । शिक्षक बन्ने सपना बोकेर परीक्षा दिन पोखरा जादै गरेका छोरा हराउदा उनका बुबा लक्ष्मि साहकोे आंसु रोकिएको छैन ।

विद्यालय व्यवस्थापन समिति महासंघद्धारा ध्यानाकर्षण - 2016-09-29
रौतहट,१३ असोज । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले शिक्षा विभागले हालै गरेको निर्देशनबाट सामुदायिक विद्यालयको संरक्षण तथा सम्वद्र्धन नहुने ठहर गर्दै विभिन्न निर्णय गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747826 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top