समाज

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’



समाज प्रकाशित मिति: ललितपुर ६ माघ

यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

बाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकोमा अरु अञ्चल कार्यालयबाट समेत सेवा सुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालय प्रमुख तेजनारायण यादवले बताए ।

विभागको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । सुरुमा बाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुने गरेकाले सेवाग्राहीले राजस्व तिरेको एकडेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे ।

१४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र दिन सुरु गरेपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उनले भने, ‘सेवा अन्यत्रबाट पनि सुरु भएको छ तर मेशिन थप नभएकाले समय लागेको हो ।’

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका सेवाग्राही दिनहुँ कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउँछन् । साभार अन्नपुर्ण

शौचालय छ, प्रयोगमा छैन ! - 2016-11-08
कलमपाटी २३ कार्तिक सार्वजनीक शौचालय छ तर प्रयोगमा छैन लाखौ खर्च गरेर शौचालय बनाएपनि शौचालय वरपर खुल्ला स्थानमा यत्रतत्र मानव मलमुत्र भेटीन्छ ।

कलभर्ट भत्कियो, गाउले पिडित - 2016-11-08
बेतौना २३ कार्तिक / रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १२ सन्तपुरको बेतौना र थापाटोल जोड्ने काठको कलभर्ट जीर्णभइ भत्किएपछि स्थानियबासी पिडित बनेका छन ।

साथमा मृत्यूदर्ता, फर्कन्छन की भन्ने आशा! - 2016-11-07
कलमपाटी २२ कार्तिक / रौतहट चन्द्रपुर नगरपालिका २ की सोममाया अस्थानीको श्रीमान बेपत्ता भएको १२ बर्ष भयो अस्थानी लाई अझै श्रीमान फर्कन्छन की भन्ने आशा लागिरहन्छ ।

हर्सोउल्लासका साथ छठ मनाइदै - 2016-11-06
कलमपाटी २१ कार्तिक / तराइ मधेशमा हर्षोउल्लासका साथ मनाइने महान पर्व छठको आइतवार आज तेश्रो तथा मुख्य दिन व्रतालुुहरुले भक्तिभावका साथ साँझ अस्ताउदो सूर्यलाइ अर्घ दिएर ब्रत बसेका छन ।

हराएको पैसा पाए "धन्यवाद डिएसपी साहेव" - 2016-11-05
कलमपाटी २० कार्तिक यात्राको क्रममा बसमा छुटेको हजारौ रुपैया प्रहरीले सम्वन्धित व्यक्तिलाई खोजी गरी जिम्मा लगाएको छ ।

गाजा सहित मानिस पक्राउ - 2016-11-05
रौतहट २० कार्तिक रौतहट देवही गांउबाट प्रहरीले अवैध गाजा सहित मानिस पक्राउ गरेको छ ।

छठपर्वको अवसरमा बेलहियामा रक्तदान कार्यक्रम - 2016-11-05
कलैया, २० कातिक छठ पर्वको शुभअवसरमा बाराको बेलहिया बजारमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

गांजा र घरेलु मदीरा नष्ट - 2016-11-04
कलमपाटी १९ कार्तिक रौतहटमा प्रहरीले बरामद गरेको गाजा र घरेलु मदीरा नष्ट गरेको छ ।

बिधार्थीलाई शैक्षिक तथा खेल सामाग्री बितरण - 2016-11-04
कलमपाटी १९ कार्तिक रौतहटको बिकट गाउमा रहेको दुइवटा बिधालयमा शुक्रवार शैक्षिक सामाग्री बितरण गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749526 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top