समाज

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’



समाज प्रकाशित मिति: ललितपुर ६ माघ

यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

बाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकोमा अरु अञ्चल कार्यालयबाट समेत सेवा सुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालय प्रमुख तेजनारायण यादवले बताए ।

विभागको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । सुरुमा बाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुने गरेकाले सेवाग्राहीले राजस्व तिरेको एकडेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे ।

१४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र दिन सुरु गरेपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उनले भने, ‘सेवा अन्यत्रबाट पनि सुरु भएको छ तर मेशिन थप नभएकाले समय लागेको हो ।’

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका सेवाग्राही दिनहुँ कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउँछन् । साभार अन्नपुर्ण

सिरहामा १ वर्षमा १२२ मानव अधिकार उल्लंघनका घटना - 2017-12-30
सिरहा जिल्लामा मानव अधिकार उल्लंघनका १२२ घटना भएका छन् ।

अजिंगर र गौमन छाडियो जंगलमा - 2017-12-30
रौतहट १५ पुस // जिल्ला वन कार्यालय रौतहटले बिहिवार चार वटा गौवन सर्प र एउटा अजिंगरलाइ जंगलमा छाडेको छ ।

३२ लाख भारतीय रुपैयाँ सहित एक पक्राउ - 2017-12-30
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ३२ लाख रुपैयाँ सहित शुक्रबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु - 2017-12-30
सर्लाहीमा गएराति भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

बाघको हड्डीसहित तीन पक्राउ - 2017-12-29
बाघको हड्डीसहित प्रहरीले तीनजनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । प्रदेश ५ प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले दाङबाट पक्राउ गरेको हो ।

सिकारुले चलाएको जीपको ठक्करबाट एकको मृत्यु, ५ घाइते - 2017-12-29
सिकारुले चलाएको गाडीको ठक्करबाट बाराको कलैया उपमहानगरपालिका वडा नं.१० स्थित मटिअर्वामा शुक्रवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

जुवा खेलिरहेका नायव सुब्बासहित १५ पक्राउ - 2017-12-29
रसुवाको टिमुरेबाट होटल तथा मेसमा जुवा, तास खेलिरहेका भन्सारका कर्मचारीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बारामा मानवअधिकारः एक वर्षमा ४७ घटनामा मुद्धा दायर - 2017-12-29
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा शाखाले सन् २०१७ मा जिल्लामा मानवअधिकारविरुद्ध विभिन्न ४७ वटा घटना भएको जनाएको छ ।

एकसय चार वर्षीय वृद्धले फिर्ता पाए आँखाको ज्योति - 2017-12-29
उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःख लाग्दो हुँदैन।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749554 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top