समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

चांदी नदीमा बिधुत उत्पादन गर्न सम्भाव्यता अध्ययन - 2016-11-14
कलमपाटी २९ कार्तिक रौतहटको चन्द्रपुर २ मा रहेको चादी नदी बाट बिधुत उत्पादन गर्न सकिन्छ की भन्ने बिषयमा अध्ययन शुरु भएको छ ।

कालीकोट जिल्लामा ३३३ जनामा कडा कुपोषण - 2016-11-14
कालीकोट लगायत दुर्गम जिल्लाहरुमा गत साउन २५ गतेदेखि कडा कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम चलिरहेको छ ।

भारतिय हतियारधारी प्रहरी कार्वाहीमा मारीए - 2016-11-14
रौतहट २९ कार्तिक / भारतिय हातियारधारी समुहका एक व्यक्ति प्रहरी कार्वाहीमा रौतहटमा मारीएका छन, भिडन्तमा एक नेपाल प्रहरीका जवान घाइते भएका छन ।

प्रहरी र अज्ञात समुह बिच भिडन्त एक जनाको मृत्यू,एक घाइते - 2016-11-14
रौतहट २९ कार्तिक / सोमवार बिहान प्रहरी र अज्ञात हातियारधारी समुह बिच रौतहटमा गोलि हानाहान हुदा एक व्यक्ति मारीएका छन भने एक प्रहरी घाइते भएका छन ।

साउदीको एक कम्पनीमा २८ जना नेपाली युवा पिडित - 2016-11-13
कलमपाटी २८ कार्तिक/ साउदी अरबको नजरान भन्ने स्थानमा रहेको एक निमार्ण कम्पनीमा रोजगारीका लागी गएका २८ जना नेपाली युवाहरु पिडित भएका छन ।

एक बर्षिया बलात्कृत वालिकाको स्वास्थ्य नाजुक - 2016-11-13
कलमपाटी २८ कार्तिक/ पाच दिनअघि घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएकी एक बर्षिया बालिका स्वास्थ्य अवस्था विग्रिएको छ ।

किशोरकिशोरी हरुलाइ उद्घोषण तालिम - 2016-11-11
रौतहट २६ कार्तिक रौतहटको चन्द्रनिगाहपुरमा दुइदिने उद्घोषण तालिम शुक्रवार देखि शुरु भएको छ ।

एक बर्षिया बालिका बलात्कृत ! - 2016-11-10
कलमपाटी २५ कार्तिक घरमा सुतिरहेकी एक बर्षिया बालिकालाइ बलत्कार गरेको आरोपमा रौतहटमा एक ४० बर्षिय पुरुष पक्राउ परेका छन ।

बन कर्मचारीको वेवास्ताले ढलेका रुख अलपत्र - 2016-11-10
रौतहट २५ कार्तिक / बन कार्यालय रौतहटका कर्मचारीहरुले वेवास्ता गर्दा हावाहुरीका कारण ढलेका सालको रुखहरु चोरी तस्करी हुने खतरा बढेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747825 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top