समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

फरार अभियुक्त पक्राउ - 2016-12-18
कलमपाटी ३ पुस/ ज्यान मार्ने उदेश्यले कुटपिट गरेको आरोपमा फरार रहेका एक जान लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

चोरीको आशकामा जीप र मोटरसाईकल बरामद - 2016-12-18
रौतहटको बिभिन्न स्थानमा बरामद भएका भारतिय नम्वरका जीप तथा चोरीका मोटरसाइकलहरु प्रहरीले राजश्व कार्यालयमा बुझाएको छ ।

प्राथमिक तहका शिक्षक लाइ चारदिने तालिम - 2016-12-18
कलमपाटी ३ पुस प्लान इन्टरनेशनल नेपाल रौतहटको सहयोग, जिल्ला शिक्षा कार्यालय रौतहटको समन्वय तथा सेतो गुरास बाल विकास सेवा रौतहटको आयोजनामा मंसिर ३० गतेदेशि शुरु भएको प्रारम्भीक कक्षा पढाई प्रबद्र्धन शिक्षक चार दिने तालिम आइतवार सम्पन्न भएको छ ।

चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गर्दै - 2016-12-18
कलमपाटी ३ पुस चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुर रौतहटले आफ्नो आठौं बार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागको छ

कर्मवीर महामण्डलले देश दर्शन अभियान शुरु गर्ने - 2016-12-17
काठमाडौं २ पुस कर्मवीर महामण्डल स्वयंसेवक संघले देश दर्शन अभियान शुरु गर्ने भएको छ । केन्द्रीय कार्यलय मृगस्थलिमा बसेको पधादिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

गरीव बस्तिमा कम्वल बितरण - 2016-12-17
कलमपाटी २ पुस आशा फाउण्डेसन काठमाण्डौले रौतहटको जुडिवेला र सन्तपुरमा गरीव,विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

जंगलमा बसेर कोरेक्स बेच्ने पक्राउ - 2016-12-17
कलमपाटी २ पुस / रौतहटको चन्द्रनिगाहपुर स्थित चादी नदी पारीको जंगलबाट प्रहरीले लागु औषध सहित दुइजनालाइ शनिवार दिउसो पक्राउ गरेको छ ।

पौराइमा प्रहरी चौकी निर्माण समिती गठन - 2016-12-17
रौतहट २ पुस/ रौतहटको चन्द्रपुर नपा ९ पौराइको बागमती बजारमा प्रहरी चौकी निमार्णका लागी निमार्ण समिती गठन भएको छ ।

वाल विवाह मुक्त गाउ घोषणा - 2016-12-16
कलमपाटी १ पुस / रौतहटको रमौलीवैरीया तथा रघुनाथपुर गाबिसको नरकटीया गाउमा कुनै पनि अभिभावकले उमेर नपुगि आफ्ना छोराछोरीको विवाह नगरीदिने प्रतिबद्धता जनाएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747817 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top