समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

पुल बन्यो, जाने बाटो बनेन - 2017-01-03
कलमपाटी १९ पुस/ रौतहटको लालबकैया नदीमा दुई वटा स्थानमा पुल निर्माण भई सकेको बर्षौ भएपनि पुलमा जाने बाटो नहुँदा पुल संचालनमा आउन सकेको छैन ।

कटहरीया जंगलसैया सडक निर्माणमा ढिलाई - 2017-01-03
रौतहट १९ पुस रौतहटको कटहरीया देखी आठ किलोमिटर लामो जंगलसैया सम्मको सडक ठाँउ ठाँउमा अतिक्रमण रहेका ले निर्माण कार्यमा ढिलाई भईरहेको छ ।

पुल नहुदा स्थानिय पिडामा - 2016-12-30
रौतहट १५ पुस/ बागमती नदीमा पुल समयमा नै नबन्दा सर्लाही र रौतहटका बासिन्दा पिडीत बन्दै आएका छन ।

बस दुर्घटनाहुदा नौ जना यात्रु घाइते - 2016-12-30
कलमपाटी १५ पुस शुक्रबार विहान पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर नजिकै बस दुर्घटनाहुदा नौ जना घाइते भएका छन ।

मुसहरबस्तीमा घर बनाउन धुर्मुश महोत्तरीमा - 2016-12-30
बर्दीबास १५ पुस/ मुसहर बस्तीमा घर बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास पुगेका छन । धुर्मुस आउने खवर सगै मुसहर बस्तिका बृद्ध देखि बालवालिकाहरु स्वागतमा जुटेका थिए ।

शरीरमा शिव भगवानको बिभिन्न आकृती देखीए पनि पुजा गर्नेको भिड - 2016-12-29
कलमपाटी १४ पुस/ रौतहटमा एक महिलाको जीउमा शिव भगवान शरीरमा आएको भन्दै जनचासो बढेको छ । सखुअवा धमौरा गाविस वार्ड नम्बर ६ सिसवा टोलकी २४ वर्षकी प्रियंकादेवी दासको शरीरको विभिन्न अंगमा शिवसँग सम्बन्धित विभिन्न आकृति देखिन थालेको स्थानीयको भनाइ छ ।

रौतहटका सिडिओ बरालको भव्यरुपमा बिदाइ - 2016-12-29
रौतहटका सिडिओ नरहरी बरालको सम्मान सहीत बिदाई गरीएको छ । सदरमुकाम गौरमा बुधवार कर्मचारी मिलन केन्द्रको सभाहलमा आयोजित एक कार्यक्रम बिच सिडिओ बराललाई सम्मान सहीत बिदाई गरीएको हो ।

आधा दर्जन पसलमा आगलागी, २५ लाख भन्दा बढी क्षेती - 2016-12-29
कलमपाटी १४ पुस/ बिजुलीको तार र्सट भएर रौतहटको गरुडा नगरपालिका स्थित शिवनगर चौकमा रहेको आधा दर्जन पसलमा आगलागी भएको छ । आगलागी बाट २५ लाख भन्दा बढीको मुल्यको पसलका समानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अवैध काठ सहित टेक्टर बरामद - 2016-12-28
कलापाटी १३ पुस/ प्रहरीले गएराति चन्द्रपुर नपा ६ नुनथर बाट चिरान काठ सहित टेक्टर बरामद गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747790 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top