समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

गरुडामा सदरमुकाम सार्न माग गर्दै आन्दोलन - 2017-01-18
कलमपाटी ५ माघ/ रौतहटको मध्य भाग गरुडामा जिल्ला सदरमुकाम सार्नु पर्ने माग गर्दे आन्दोलन शुरु भएको छ । गरुडा क्षेत्रमा सदरमुकाम राख्दा जिल्लाको सवै भेगका जनताले सजिलै सरकारी सुबिधा सेवा पाउने भएकाले आन्दोलन शुरु गरेको गरुडा सदरमुकाम सर्घष समितीले जनाएको छ ।

गरिव तथा बिपन्न बिधार्थीलाई सुइटर बितरण - 2017-01-18
कलमपाटी ५ माघ/ लुम्विनी एकेडेमी चावहील काठमाण्डौले रौतहटको चन्द्रपुर ३ मा रहेको एक बिधालयका बिधार्थीलाई न्यानो कपडा सुइटर बितरण गरेको छ ।

गम्हरीया पर्सा गाबिस २२ औ खुल्ला दिसा मुक्त - 2017-01-17
कलमपाटी ४ माघ /रौतहटको गम्हरीया पर्सा गाबिस जिल्लाको २२ औ खुल्ला दिसा मुक्त क्षेत्र गाबिस घोषणा गरीएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी सो गाबिस लाइ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरीएको हो ।

रौतहटमा वन्यजन्तुको अखेटोपहार बरामद - 2017-01-17
रौतहट ४ माघ / रौतहटको चन्द्रपुर नपा स्थित एकघर बाट प्रहरीले ठुलो मात्रामा वन्यजन्तुको अखेटोपहार तथा शिकार गर्न प्रयोग गरीने सामाग्री बरामद गरेको छ ।

चन्द्रनिगाहपुर सिटी जेसिजको अध्यक्षमा धिताल - 2017-01-16
रौतहट ३ माघ / चन्द्रनिगाहपुर सिटी जेसिजको तेश्रो पदस्थापना दिवश सम्पन्न भएको छ । चन्द्रनिगाहपुर सिटी जेसिजको बर्ष २०१७का लागी मधुसुधन धितालले अध्यक्ष को चेन लगाएका छन ।

सामुदायिक भवनको शिलान्याश - 2017-01-16
कलमपाटी ३ माघ रौतहटको सखुअवा धमौरा गाबिसको सखुअवा टोलमा सोमवार सामुदायिक भवनको शिलान्यास गरीएको छ ।

धारीलो हतियार प्रहार गरी महिलाको हत्या - 2017-01-16
सर्लाही ३ माघ सर्लाहीको फुलपरासीमा ६५ वर्षिया एक महिलाको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । आइतबार राती फुलपरासी–४ की ६५ वर्षिया नुनु देवी रायको हत्या भएको हो ।

राष्ट्रपतिको छोरीको विवाह पुर्व राष्ट्रिपतीको नाती संग - 2017-01-16
काठमाण्डौ ३ माघ / विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुसुम भण्डारी को पुर्व राष्टपती रामवरण यादवका नाती संग विवाह भएको छ ।

बिधालय भवनको संसद भट्टराई द्धारा शिलान्यास - 2017-01-15
कलमपाटी २ माघ / रौतहटको चन्द्रपुर नपा ८ मा रहेको बागमती उमावीको निमार्णहुन लागेको ६ कोठे बिधालय भवनको आइतवार शिलान्यास गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747816 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top