समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

फास्ट ट्रयाक निर्माणको दवावका लागि रिलेअनसन - 2017-02-05
बारा २३ माघ/ निजगढ काठमाण्डौ जाड्ने फास्ट ट्रयाक र दोस्रो अन्तराष्ट्र्रिय विमान स्थल निर्माण गर्नका लागी दवाव दिने उदेश्यले शनीबार देखि रिलेअनसन शुरु भएको छ ।

बिधालयमा भय रहित सिकाइका लागी अन्र्तकृया - 2017-02-04
कलमपाटी २२ माघ / मानव अधिकार तथा शान्ति समाज जिल्ला रौतहट शाखाले विधालयहरुमा दण्डरहित शिक्षा प्रदान गर्नका आवहान गरेको छ ।

प्रेस चौतारीको १९ औ स्थापना दिवश मनाइयो - 2017-02-04
रौतहट २२ माघ/ प्रेस चौतारी नेपालको १९ औ स्थापना दिवश रौतहटको गरुडामा मनाइएको छ ।

जन्मने बित्तिकै शिशु चोरी ! - 2017-02-04
पर्सा २२ माघ/ वीरगज स्थित नारायणी क्षेत्रीय अस्पताल परिसरबाटै नवजात एक शिशु हराएको छ ।

झांझनदीमा तटवन्ध नहुदा बस्ति जोखिममा - 2017-02-02
कलमपाटी २० माघ/ मिठुअवा गाबिसमा रहेको झांझनदीले कटान गरेको स्थानमा सरकारी भवन , बस्ति जोखिममा परेका छन ।

प्रहरी चौकी पौराइको शिलान्यास - 2017-02-01
कलमपाटी १९ माघ/ रौतहटको चन्द्रपुर ९ मा निमार्ण हुन लागेको प्रहरी चौकीको बुधवार शिलान्यास गरीएको छ ।

हुलाकी सडक निर्माणके लेल भारतीय दूताबासद्वारा करिब पच्चीस करोड हस्तान्तरण - 2017-02-01
भारतीय दूताबासले हुलाकी सड निर्माणको लागि करिब पच्चीस करोड रुपैया नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

मोटरसाइकल दुर्घटना एकजनाको मृत्यू - 2017-02-01
रौतहट १९ माघ / मंगलवार राति रौतहट स्थित पुर्व पस्चिम राजमार्ग अन्र्तगत धन्सारपुल नजिकै बसले मोटरसाइकललाइ ठक्कर दिदा एकजनाको ज्यान गएको छ ।

सीडीओ र एलडीओसँगको ‘मिलेमतोमै’ ढुंगा, गिट्टी र बालुवा तस्करी - 2017-01-29
सुनसरीको सेउती खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी र बालुवा निकाल्न प्रहरीले बन्द गराएकोमा अहिले फेरि तस्करहरुले स्काभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा निकाल्न थालेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747838 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top