समाज

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’



समाज प्रकाशित मिति: ललितपुर ६ माघ

यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

बाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकोमा अरु अञ्चल कार्यालयबाट समेत सेवा सुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालय प्रमुख तेजनारायण यादवले बताए ।

विभागको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । सुरुमा बाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुने गरेकाले सेवाग्राहीले राजस्व तिरेको एकडेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे ।

१४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र दिन सुरु गरेपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उनले भने, ‘सेवा अन्यत्रबाट पनि सुरु भएको छ तर मेशिन थप नभएकाले समय लागेको हो ।’

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका सेवाग्राही दिनहुँ कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउँछन् । साभार अन्नपुर्ण

गोली लागेका घाईते शिक्षकको उपचारको क्रममा मृत्यु - 2017-03-25
कलमपाटी १२ चैत्र/ रौतहटको बृन्दाबन गाउपालिका स्थित बिश्रामपुर मा गोली लागेर घाईते भएका शिक्षक राम एकवाल यादवको उपचारको क्रममा मृत्यु भएको छ ।

छात्रछात्रालाई व्यावसायी द्धारा जुतामोजा बितरण - 2017-03-25
कलमपाटी १२ चैत्र / काठमाण्डौ स्थित होम फिनिसिंग सामान सप्लाईगर्ने दुईजना ब्यापारीले रौतहटको एक बिधालयका छात्रछात्रालाई छालाको जुता मोजा बितरण गरेका छन ।

रौतहटमा असिनापानीले करोडौको वालीनाली नष्ट, हजारौ मानिस पिडित - 2017-03-25
रौतहट १२ चैत्र/ शुक्रवार राति हावाहुरी सगै आएको असिना पानीले घर तथा वालिनालीमा ठुलो क्षेती पुर्याएको छ । रौतहटको चन्द्रपुर नगरपालिका, बृन्दाबन गाउपालिका लगाएतका गाउहरुमा हावाहुरी र असिना पानीले ठुलो क्षेती पुर्याएको छ ।

सरकारी अस्पतालको अवस्था सुधार्ने : स्वास्थ्य मन्त्री थापा - 2017-03-24
रौतहट ११ चैत्र / स्वास्थ्यमन्त्री गगन थापाले आम नागरीकको आधारभुत आवश्यक्ता स्वास्थ्य भएको बताएका छन । शुक्रवार मन्त्री थापाले स्वास्थ्य सेवा पाउनबाट कोही पनि बञ्चित हुन नहुने समेत बताए ।

गोलीका छर्रा चिलाए, क्रान्तिका सपना विलाए ! - 2017-03-24
चौध वर्षको उमेर छँदा काँधमा बन्दुक भिरेको फोटो दुई ठूला अखबारको बाहिरी पृष्ठमा छापिँदा उनी कम्ति हौसिएका थिएनन् ।

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका प्रति आपत्ति - 2017-03-23
नेपाल पत्रकार महासंघले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा सरकारले नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको फोन नम्वरहरु - 2017-03-23
कलमपाटी १० चैत्र/ नेपाल प्रहरी नागरीकको सुरक्षामा खटिदैआएको सुरक्षा निकाय हो । कतिपय अवस्थामा सुचना आदानप्रदान नहुदो सुरक्षा व्यवस्थामा कमिकमजोरी पनि हुन सक्छ ।

वृद्धाश्रम संचालानार्थ भागवतमा २४ लाखभन्दा बढी संकलन - 2017-03-23
सर्लाही १० चैत्र/ सर्लाहीको लालबन्दी नगपालिका–२ जुटपानी स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमको सहयोगार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट २४ लाख ६९ हजार रुपैंया दान संकलन भएको छ ।

के चन्द्रपुरनगरपालिकालाइ स्मार्टसिटी बनाउन सकिदैन ? - 2017-03-22
कलमपाटी ९ चैत्र / पछिल्लो समय रौतहटको चन्द्रपुर भौतिक रुपमा बिकाशको गति मा छ । चारबर्ष अघिनगरपालिका बने पछि यस क्षेत्रमा बिकाश निमार्णका कार्यहरु तिब्रगतिमा अघि बढेको पाइन्छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749556 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top