समाज

पर्साको बहुदरमाइ नगरपालिकाका वडाअध्यक्ष वीरगञ्जबाट पक्राउ



समाज प्रकाशित मिति:

वीरगञ्ज :
पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीले होटल कुमु प्यालेसबाट पक्राउ गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित पटेल बेलायत सरकारको सहयोगमा सञ्चालित स्थानीय तहको वस्तुगत विवरण प्रोफाइल तयारी सम्बन्धी अभिमुखीकरणमा सहभागी हुन वीरगञ्ज आएका थिए ।

उनलाई कार्यक्रमस्थलबाटै जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार लागूऔषध ओसारपसार सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो । साभार अनलाईन खबर
श्रीमान श्रीमती दुवैको नाममा धनी पुर्जा बनाउने बढ्दै - 2017-11-10
रौतहट २४ कार्तिक // रौतहट जिल्लामा बार्षिक सयौ दम्पतीहरुले सयुक्त जग्गाधनी पुर्जा बनाउदै आएका छन । श्रीमान श्रीमतीको नाममा जमिनको सयुक्त पुर्जा बनाउनेहरु बर्षमा ५ सय भन्दा बढी छन ।

मेयरका उम्मेदवार पेस्तोल र चरेससहित पाँच जना पक्राउ - 2017-11-10
स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएकी एक महिला आफ्नो छोरा सहित गाँजा व्यापारमा संलग्न रहेको आरोपमा पक्राउ परेकी छिन् ।

दुई उपमहानगरको वडा कार्यालय एउटै भवनमा - 2017-11-10
भौतिक संरचनाको व्यवस्था हुन नसक्दा बारामा दुई उपमहानगरपालिकाले एउटै भवनबाट छुट्टाछुट्टै वडा कार्यालय सञ्चालन गरिरहेका छन् ।

मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु - 2017-11-10
गौर चन्द्रनिगाहपुुर सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युुवकको ज्यान गएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ ।

नमुना बस्ति निमार्ण गर्न हातेमालो साकोसको सहयोग - 2017-11-09
रौतहट २३ कार्तिक // हातेमालो सामुदायिक सहकारी सस्था ले धुर्मुस सुन्तली फाउन्डेशनले निमार्ण गर्दै गरेको बस्ति लाइ रकम सहयोग गरेको छ ।

त्रिपुरेश्‍वरको जयन्ती पेट्रोल पम्प नजिक आगलागी, एकको मृत्यु - 2017-11-09
त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको एक मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

पाँच केजी चाँदी र ३० केजी गाँजासहित चार जना पक्राउ - 2017-11-09
वीरगन्जको घण्टाघरबाट प्रहरीले अवैध चाँदीका गरगहनासहित दुई जना महिलालाई पक्राउ गरेको छ।

वाल निकेतन द्धारा धुर्मुस सुन्तलि फाउन्डेशनलाइ रकम सहयोग - 2017-11-09
रौतहट २३ कार्तिक // साथी शिक्षा सहकारी सस्था द्धारा संचालित वालनिकेतन उमाविले धुर्मुस सुन्तली फाउण्डेशनलाइ नगद सहयोग गरेको छ । बिहिवार एक कार्यक्रम गरी वालनिकेतन उमाविका कार्यकारी निर्देशक दिपक रेग्मीले फाउन्डेशनका अध्यक्ष हास्य कलाकार सिताराम कट्टेल धुर्मुस लाइ चेक हस्तान्तरण गरेका छन ।

बिरगञ्जमा एक युवकको रहस्यमय मृत्यु - 2017-11-09
वीरगञ्ज लिंक रोडस्थित अमन होटेलमा बुधबार बेलुका एक युवाको शंकास्पद अवस्थामा ज्यान गएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 NEXT

English News



1014930 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top