समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

रौतहटका गौतम र नेपाललाइ जनसेवा श्री बिभुषण - 2017-05-26
राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस २०७३ का अवसरमा २ सय ५८ जनालाइ विभिन्न विधामा विभूषण प्रदान गरेकी छिन ।

चन्द्रनिगाहपुरमा नापि र मालपोतको सेवाकेन्द्र स्थापना गर्न एमालेको माग - 2017-05-26
नेकपा एमाले रौतहटले पहिलाको निर्णय अनुसार सेवाकेन्द्र चन्द्रनिगाहपुरमा बिस्तार गर्न सरकार संग माग गरेको छ ।

५० हजारको लोभ गर्दा जिशिअ अख्तियारको हिरासतमा - 2017-05-26
जिल्ला शिक्षा कार्यालय, पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र ईन्जिनियर नवल किशोर देव लाइ घुस रकम सहित शुक्रवार पक्राउ गरेको छ ।

गरुडा र मौलापुर मा सेवा केन्द्र बिस्तार - 2017-05-25
एक बर्ष अघि सेवा केन्द्र बिस्तार गर्ने निर्णयको रौतहटमा कार्यान्वयन गरीएको छ ।

साइकलमा राखेर सखुवाको गोलिया तस्करी - 2017-05-24
काचो सालको रुख काटेर साइकलमा राखे अवैधरुपमा लैजादै गरेको अवस्थामा जिल्ला बन कार्यालय रौतहटको गस्ति आठ वटा साइकल र ९ वटा गोलिया बरामद गरेको छ ।

पत्रकारहरुलाइ ज्यान मार्ने धम्की,सुरक्षाको माग गर्दै उजुरी - 2017-05-24
सामाजीक संजाल मार्फत एक व्यक्तिले पोखराका महिला पत्रकारहरुलाइ उमा सिह जस्तै बनाइ दिने धम्की दिएका छन ।

मधेश हुलाकी राजमार्ग आसपासमा १० वटा सहर - 2017-05-22
तराइ मधेशको हुलाकी राजमार्गमा १० वटा नयाँ सहर बनाउने भएको छ । हुलाकी राजमार्गको करीव किमि दायाँ–बायाँ नया सहर बनाइने भएको छ ।

नदीमा डुवेर वालकको मृत्यू - 2017-05-21
रौतहटको लालबकैया नदीमा आइतवार दिउसो एक वालकको डुवेर ज्यान गएको छ ।

प्रहरी र स्थानिय द्धारा गौरमा पोखरी सरसफाइ - 2017-05-20
जिल्ला प्रहरी कार्यालय रौतहटले गौरमा रहेको एउटा एतिहासिक पोखरीको सरसफाइ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747792 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top