समाज

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’



समाज प्रकाशित मिति: ललितपुर ६ माघ

यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

बाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकोमा अरु अञ्चल कार्यालयबाट समेत सेवा सुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालय प्रमुख तेजनारायण यादवले बताए ।

विभागको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । सुरुमा बाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुने गरेकाले सेवाग्राहीले राजस्व तिरेको एकडेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे ।

१४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र दिन सुरु गरेपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उनले भने, ‘सेवा अन्यत्रबाट पनि सुरु भएको छ तर मेशिन थप नभएकाले समय लागेको हो ।’

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका सेवाग्राही दिनहुँ कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउँछन् । साभार अन्नपुर्ण

साइकलमा राखेर सखुवाको गोलिया तस्करी - 2017-06-06
जिल्ला बन कार्यालय रौतहटको गस्ति टोलीले तीन वटा साइकलमा राखेर लैजादै गरेको सखुवाको गोलीया बरामद गरेको छ ।

जनज्योतीले पुर्वाग्रही ढंगबाट शिक्षकहरु हटाएको गुनासो - 2017-06-06
चन्द्रनिगाहपुरमा रहेको जनज्योती उच्च माध्यमिक विद्यालयले पुर्वाग्रही ढंग बाट बिना कारण शिक्षकहरु हटाएको पिडित शिक्षकहरुको गुनासो छ ।

धादिङमा माइक्रो बसको ठक्करले दुइ जनाको मृत्यू - 2017-06-06
बुटवलबाट काठमाण्डौ जाँदै गरेको माइक्रो बसले धादिङको सिम्लेमा पैदलयात्रु ठक्कर दिदा दुइ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन ।

बिधुत कर्मचारीको लापर्वाहीका कारण सेवाग्रही मर्कामा - 2017-06-05
उर्जामन्त्री सत्य नारायण भगतको घर भएको नगरपलिकाका बिभिन्न टोलका बासिन्दा नै अन्धकारमा बस्न बाध्य छन । समय समयमा रेखदेख नहुदा ट्रान्सफर्मर पड्कने गरेको छ ।

कालोमोसो दलिएपछि कैलालीका जिशिअद्वारा कार्याकक्षमै ग्रहशान्ति पूजा ! - 2017-06-05
कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नो कार्यकक्षमा शान्तिका लागि भन्दै ब्राम्हणद्वारा ग्रहशान्ति गराएका छन् ।

गैडाटारमा बन्दै गरेको पुलमा प्रयोग भएको स्काभेटरमा आगजनी - 2017-06-04
अज्ञात हतियारधारी समुहले चन्द्रपुर नगरपालिका स्थित गैडाटारको चादीनदीमा पुल बनाउन प्रयोग भएको स्काभेटरमा आगजनी गरेका छन ।

कारोबारकर्मी लम्साल पुरस्कृत - 2017-06-03
सिमरा स्थित हातेमालो वचत तथा ऋण सहकारी संस्थाले हातेमालो सहकारी पत्रकारिता पुरस्कारबाट बाराका कारोबार संबाददाता प्रकाश लम्साललाई पुरस्कृत गरेको छ ।

अदालत बाट दोषी ठहर पंहुचवाला पक्रन सकस - 2017-06-03
ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन ।

सेनाको नक्कली कर्णेल पक्राउ - 2017-05-30
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै रकम लिएर ठगि गर्ने नक्कली सेनाको कर्णेल लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749547 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top