समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

हरीयो खादा लगाउदै कृतिम फुल अगाडी राखेर बातावरण मैत्री टोल घोषणा ! - 2017-06-26
सोमवार रौतहटको चन्द्रपुर ९ स्थित नजरपुर टोलमा प्रमुख अतिथीले हरीयो रंगको खादा ओडेर वातावरण मैत्री टोल घोषणा गरेका छन ।

नजरपुर वातावरण मैत्री टोल घोषणा - 2017-06-26
रौतहटको चन्द्रपुर ९ स्थित नजरपुर टोल लाइ वातावरण मैत्री टोल घोषणा गरीएको छ । नजरपुरमा एक कार्यक्रमको आयोजना गरी सोमवार सो टोल लाइ बातावरण मैत्री टोल घोषणा गरीएको हो ।

मुस्लिम समुदाय हर्षौउल्लासका साथ इद मनाउदै - 2017-06-26
मुस्लिम समुदायले सोमवार महान पर्व ईद मनाइरहेका छन । काठमाण्डौ लगाएत देशका बिभिन्न जिल्लाहरुमा मुस्लिम समुदायले हर्षोउल्लासका साथ इद मनाइरहेका छन ।

सेनाले नचिनेका शत्रु - 2017-06-26
हजारौं वर्षअघि लेखिएको मानिन्छ- ऋग्वेद । आयुर्वेदलाई ऋग्वेदको हाँगा अर्थात् उपवेद भनिन्छ । यो अथर्ववेदको उपअंग पनि हो भन्ने विद्वान्हरूको तर्क छ । कफ, बात, पित्तको प्रकृति विचार गरेर असल वैद्यले हजारौं रोगीको उपचार गर्छन् ।

मोरङको एक प्लाइ उधोगमा आगलागी - 2017-06-24
मोरङको बुढीगंगा ५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा ठुलो आगलागी भएको छ । शनिबार करीव ५ बजे देखि लागेको आगो निभाउन १० वटा भन्दा बढी दमकल प्रयोग गरीएको छ ।

कटहरीयामा सरसफाई सम्पन्न - 2017-06-24
रौतहटको कटहरिया बजारमा शुुक्रवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका कटहरियाको कार्यालय देखी शुुरुभई ईलाका प्रहरी कार्यालयको अगाडी सम्म मुलबाटो र दुबै छेउ सफाई गरीएको थियो ।

वारेस दिदा १५ लाखको तमसुुक, प्रहरीमा उजुुरी - 2017-06-24
भुुमिसुुधार कार्यालय गौरमा मोहियानी हकको लागी मुुद्धा खेपीरहेका एक व्याक्ति संग खेलनदासले वारेस दिने नाउमा १५ लाखको तमसुुक गराएको रहस्य खुुलेको छ ।

झाँझपुुल कटहरिया सडक जिर्ण, यात्रु लाइ सास्ति - 2017-06-24
झाँझपुल देखी जिल्लाको चर्चित बजार कटहरिया सम्मको मुुख्य बाटो पटक पटक अवरुद्ध भईरहेकाले हजारौ यात्रुुलाई सास्ती खेप्नुु परेको छ ।

ब्युटिसियनलाई अपहरण गरेर पालैपालो बलात्कार गर्ने चार जना सार्वजनिक - 2017-06-23
ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले चार जना युवालाई १२ दिनपछि बिहीबार सार्वजनीक गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747834 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top