समाज

'भारतको दादागिरीविरुद्ध भूमि रक्षामा उत्रिन्छौँ'



समाज प्रकाशित मिति: काठमाडौं ५ माघ

सत्तारुढ दल नेपाली कांग्रेसनिकट युवा संगठन तरुणढ दलले भारतीय पक्षबाट भइरहेको सिमाना अतिक्रमण तत्काल बन्द गर्न माग गरेको छ ।

भारतीय पक्षबाट नेपाली सिमाना अतिक्रमण भएको घटनाले दुस्खी र आक्रोशित बनाएको जनाउँदै दलले यस्ता काम तत्काल बन्द गर्न भारतीय पक्षलाई आग्रह गरेको छ।

'पर्सा, रौतहट, कन्चनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामि गम्भीर आपत्ति प्रकट गर्दछौँ', तरुण दलले भनेको छ, 'नेपाली सिमाना र अस्मितामाथि गम्भीर चोट पुर्याउने उक्त कदमलाई तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौँ ।'

तरुण दलका महामन्त्री भुपेनद्रजंग शाहीले यस्ता घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सिमाना अतिक्रमणको दीर्घकालीन समाधानको पहल थाल्न सरकारसँग माग गरेको छ । 'यो दादागिरी देखाउँदै भएको यो अतिक्रमण बन्द नभए हाम्रो भूमि रक्षाका लागि हामी जुनसुकै कदम चाल्न बाध्य हुन्छौँ', शाहीले भनेका छन्,'यस्ता काम बन्द गर्न हामी सम्बन्धित पक्ष सबैलाई सचेत गराउछौँ। साभार अन्नपुर्ण

सरकारी सेवामा आरक्षण माग्दै डोम समुदायको भेला - 2017-07-18
सरकारी सेवामा आरक्षणको माग गर्दै दलित समुदायमा सबैभन्दा पछाडि परेका डोम समुदायले राजविराजमा सोमबार जिल्ला भेला गरेको छ।

मधेसका किशोरी भन्छन् : दाइजो माग्‍ने केटासँग बिहे गर्दैनौँ - 2017-07-18
साउन ३ विरगन्ज / ‘दाइजोकै कारण गाउँघरमा हामी जस्ता धेरै दिदी बहिनीले ज्यान गुमाएका छन्’, कक्षा ९ मा अध्ययनरत अञ्जनी कुमारी कुशवाहाले भन्नुभयो, ‘दाइजो कुप्रथा मात्र होइन, सामाजिक अपराध पनि हो, त्यसैले म दाइजो माग्ने केटासंग बिहे नै गर्दिन।’

सर्पले डसेका पाँच बिरामी अस्पतालमा - 2017-07-18
महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा आज बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन्

नदी तर्न डुगा नहुदा स्थानिय जोखिममा - 2017-07-18
रौतहट ३ साउन / बागमती नदी वारपार गर्नका लागी डुगा नहुदा रौतहटको माधवनारायण गाउपालिकाका बासिन्दा जोखिममा पर्दै आएका छन

मधेसमा आइएनजिओले १ वर्षमा २३ अर्ब खर्चिए - 2017-07-18
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले मधेसका २२ जिल्लामा गएको १ वर्षको अवधिमा २३ अर्बभन्दा बढी रकम खर्च भएको खुलासा भएको छ

जलविरेमा सुख्खा पहिरो, मुग्लिन सडक अवरुद्ध - 2017-07-18
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ

सेतीनदीले बगाउँदा तीनजना बेपत्ता - 2017-07-18
पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन्

मिथिला क्षेत्रमा मधुश्रावनी सुरू - 2017-07-17
नवविवाहिताको मधुश्रावनी पर्व आजदेखि सुरु भएको छ। विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवम् सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन्

रेडियो प्रकरणमा सेनाको स्पष्टीकरण(राजनीतिसँग नजोडौं - 2017-07-17
नेपाली सेनाले सञ्चालन गर्न लागेको एफएम रेडियोका सम्बन्धमा विभिन्न टीकाटिप्पणी भएपछि यस सम्बन्धमा स्पष्ट पारेको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747781 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top