समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

‘प्रधानमन्त्रीज्यू ! छुट्टै जिल्ला चाहियो’ - 2017-07-22
रुकुम ७ साउन/ रुकुमको पूर्वि भागलाई छुट्टै जिल्लाको मान्यता दिन माग गर्दै प्रधानमन्त्री शेरवहादुर देउवाको ध्यानाकर्षण गराईएको छ । ५ नम्बर प्रदेशमा परेका जिल्लाका ३ ओटा स्थानीय तहलाई नयाँ जिल्लाको मान्यता दिन माग गरिएको हो ।

केएल दुगडको खाद्य गोदाममा आगलागी - 2017-07-22
७ साउन, बाँके/ नेपालगञ्जमा रहेको केएल दुगडको खाद्य गोदाममा आगलागी भएको छ । प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयारी जारी छ ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ - 2017-07-22
प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्रेको छ

नुहाउने क्रममा दुई बालकको मृत्यु - 2017-07-22
कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ

मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ - 2017-07-22
भक्तपुर मालपोतका कर्मचारी घुससहित पक्राउ परेका छन्

नेपाली आकाश कालोसूचीबाट हट्यो - 2017-07-22
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९ आईकाओले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची ९ गम्भीर सुरक्षा चासोको प्रतिबन्ध हटाएको छ

काभ्रेमा एकै परिवारका चार जना मृत फेला,सामूहिक आत्महत्याको आशंका - 2017-07-22
काभ्रे काभ्रेको बनेपा बसपार्कको एक होटलमा एकै परिवारका चार जना मृत भेटिएका छन्

चन्द्रपुर नगरको बिभिन्न स्थानका सडक कालोपत्रे तथा ढलान हुदै - 2017-07-21
रौतहटको चन्द्रपुर नगारपालिकाको बिभिन्न वडाहरुमा रहेको सडक मा कालोपत्रे तथा नाला निमार्णका लागी सर्वे गर्ने कार्य शुरु भएको छ ।

प्रहरी बढुवामा किन परेनन् महिला ? - 2017-07-21
काठमाडौ ६ साउन/ नेपाल प्रहरीको एक सय ८० उच्च अधिकृत पदमा बढुवा सिफारिस हुँदा त्यसमा एक जना पनि महिला परेका छैनन्। हाल पदोन्नतीका लागि योग्यता पुगेका महिला अधिकृतहरु नै नभएका कारण अझै लामो समय प्रहरीको उच्च पदाधिकारीमा समावेशी हुन नसक्ने स्थिती देखिएको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747827 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top