समाज

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’



समाज प्रकाशित मिति: ललितपुर ६ माघ

यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

बाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकोमा अरु अञ्चल कार्यालयबाट समेत सेवा सुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालय प्रमुख तेजनारायण यादवले बताए ।

विभागको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । सुरुमा बाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुने गरेकाले सेवाग्राहीले राजस्व तिरेको एकडेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे ।

१४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र दिन सुरु गरेपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उनले भने, ‘सेवा अन्यत्रबाट पनि सुरु भएको छ तर मेशिन थप नभएकाले समय लागेको हो ।’

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका सेवाग्राही दिनहुँ कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउँछन् । साभार अन्नपुर्ण

तिन हजार वालिकालाई साक्षर बनाउने अभियान शूरु - 2017-07-27
रौतहट, साउन १२ । नेपालको शैक्षिक सुचांक अनुसार रौतहट जिल्ला सवै भन्दा कम साक्षर भएको जिल्लाको सुचीमा रहेको छ । जिल्लालाई पुर्ण साक्षर बनाउने उदेश्यका साथ विश्व शिक्षाको सहयोग तथा ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा संग संगै परियोजना संचालन गरिएको छ ।

सेनाका दुई जवान जसले कलैया अस्पतालमा गर्भवती दुलारीको ज्यान बचाए - 2017-07-27
जिल्लामा रगत अभाव भएपछि विरामीको ज्यान बचाउने सेना प्रहरी भएका छन् ।

पथलैयामा टाटासुमो दुर्घटना, ९ जना घाईते - 2017-07-27
सिमरा १२ साउन बाराको जीतपुरसिमरा १ पथलैया नजिक दुधौरा पुलमा आज विहान टाटासुमो दुर्घटनामा हुँदा ९ जना घाईते भएका छन् ।

खुर्पा प्रहारबाट पनौतीमा श्रीमान्को मृत्यु - 2017-07-27
बनेपा १२ साउन/ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।

लमजुङमा बस दुर्घटना, तीसजना घाइते - 2017-07-27
कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् ।

स्वास्थ्यकर्मीको लापरवाहीले सुत्केरीको मृत्यु - 2017-07-27
सुनसरीको बराह नगरपालिकामा एक क्लिनिक सञ्चालकको लापरवाहीले सुत्केरी महिलाको ज्यान गएको छ।

ह्याम्मरले हानेर श्रीमतीको हत्या - 2017-07-27
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित सबै बेपत्ता - 2017-07-27
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ

किसानहरु सिंचाई सुविधाबाट बंचित - 2017-07-27
रौतहट, १२ साउन / रौतहटको माधवनारायण गाउँपालिका अन्तर्गत पर्ने माधोपुरका किसानहरु सिंचाई सुविधाबाट बंचित भएका छन्

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749525 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top