समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

केसी रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन - 2018-01-09
त्रिवि शिक्षण अस्पतालक वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।

'मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन' - 2018-01-09
सर्वोच्चको आदेशलाई कसरी लिनुभएको छ ? म सर्वोच्च अदालतलाई न्याय दिलाउने संस्थाका रूपमा एकदमै सम्मान गर्छु। संस्थामा सही न्यायसम्पादन गर्ने न्यायाधीशहरूप्रति मेरो मनमा सम्मान भाव छ। तर, मान नै नभएका कतिपय छन्, तिनको केको मानहानि ?

रौतहटमा चिसोका कारण ५ जनाको मृत्यू - 2018-01-07
रौतहट २३ पुस// रौतहटमा अत्यधिक चिसो बढेपछि कठांग्रिएर शनिवार राति दुईजनाको ज्यान गएको छ । एकसता यता जिल्लमा चिसोका कारण पाच जनाले ज्यान गुमाइ सकेकाछन ।

हाइलेस गाडीले ठक्कर दिदा सिन्धुलीमा दुइ पत्रकार घाइते - 2018-01-07
सिन्धुली २३ पुस // सिन्धुलीमा आइतवार दिउसो दुइ जना पत्रकार दुर्घटनामा परेका छन ।

मौलापुरमा एकिकृत बस्ति निमार्ण हुने - 2018-01-07
रौतहट २३ पुस // रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ का सांसद एवं बिना बिभागिय मन्त्री प्रभुु साहले एकिकृत दलित बस्तीको अवधारणा अघि सारेका छन ।

सत्य साइ केन्द्र द्धारा मुसहर बस्तिमा कम्बल वितरण - 2018-01-07
रौतहट, २३ पुस// अत्याधिक चिसोबाट कठ्याग्रिएका गौर नपा २ का दलित बस्तीका मुसहर लाई सत्य साई भजन समुह चन्द्रनिगाहपुरले कम्बल र डस्ना वितरण गरेको छ ।

धुर्मुस सुन्तली फाउन्डेशन द्धारा अनाथलयका वालवालिका लाइ कम्वल बितरण - 2018-01-07
रौतहट २३ पुस// धुर्मुस सुन्तिली फाउन्डेशनले गरुडामा रहेको अनाथलयाका बालबालिकाहरु लाइ कम्वल बितरण गरेको छ ।

मध्य तराईमा तीन वर्ष यताकै चिसो, तापक्रम ५ डिग्रीमा झर्‍यो - 2018-01-07
मध्य तराईमा चिसो अत्याधिक बढेको छ । पर्सा, बारा,रौतहटको जनजीवन चिसो कारण प्रभावित बनेको छ ।

सांसद यादवले वितरण गरे कम्बल - 2018-01-07
महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा।सुरेन्द्र यादवले शीतलहरबाट प्रभावितलाई कम्बल वितरण गरेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747810 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top