समाज

चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा



समाज प्रकाशित मिति:

चन्द्रनिगाहपुर :
चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा भएको छ । २ नम्बर प्रदेशकै पहिलो बाल बिवाह मुक्त अभियानमा चन्द्रपुर नगरपालिका ८ लाई मंगलबार एक कार्यक्रमका बिच बाल बिवाह मुक्त वडा घोषण गरिएको हो ।

समुदायमा आधारीत बाल संरक्षण संयन्त्र चन्द्रपुर ८ रौतहटको आयोजनामा , चन्द्रपुर नगरपालिका कार्यलय  तथा महिला तथा बालबालिका कार्यलय रौतहटको समन्वय , प्लान नेपालको सहयोगमा बाल र जनसेवा नेपालको सहजीकरणमा बालबिवाह मुक्त  वडा घोषण समारोह सम्पन्न गरिएको थियो ।

शो कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४ का सांसद देब प्रशाद तिमल्सिना रहनु भएको थियो । तिमलसिनाले बालबिवाह रौतहटकै ठुलो समस्या रहेकाले सबै मिलेर यसको अन्त्य गर्नुपर्ने धारण राख्नुभएको थियो ।

सो कार्यक्रमका बिष्शिठ अतिथि  चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरी रहनुभएको थियो भने अतिथिहरु चन्द्रपुर नगरपालिका उपप्रमुख रामरति चौधरी , ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा प्रहरी निरिक्षक तेज नारायण यादब  ,  मानव अधिकार एलायन्सका केन्द्रिय कोषाध्यक्ष प्रमोद चौधरी,जन सेवा नेपालका प्रमुख भाग्य नारायण महतो , तथा चन्द्रपुर नगरपलिकाका १० वटै वडाका अध्यक्ष्यहरुको उपस्थिती रहेको थियो । साभार तराई एक्सप्रेस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - 2018-02-22
बर्दिया : राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा - 2018-02-21
रौतहट ९ फागुन // विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी 'इन्काउन्टर' मा मारिए - 2018-02-21
बुटवल : विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

दमकमा विस्फोट - 2018-02-20
दमक : कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।

दुर्घटनामा वडाध्यक्षको मृत्यु - 2018-02-19
चितवन : पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आइतबार साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ ।

आफ्नो बिहेको निम्तो कार्ड बाँड्न हिँडेका व्यक्ति मृत फेला - 2018-02-19
बारा : आफ्नो बिहेको निम्तो कार्ड वितरण गर्न घरबाट निस्किएका एक व्यक्ति बाराको गण्डक नहरमा मृत फेला परेका छन् । घाँटी रेटिएको अवस्थामा शव फेला परेकाले हत्या भएको आशंका गरिएको छ ।

बित्तिय साक्षरता दिने उदेश्यले सडक नाटक - 2018-02-18
चन्द्रपुर ६ फागुन // ग्रामिण भेगका बासीन्दाहरुलाइ बित्तिय साक्षरताको बारेमा जानकारी दिने उदेश्यले रौतहटमा सडक नाटक प्रर्दशनी गरीएको छ ।

चुरेक्षेत्र अवैधरुपमा ढुगा निकासी, रोक्ने निकाय मौन - 2018-02-18
रौतहट ६ फागुन // रौतहटको संरक्षित चुरेक्षेत्रका खोलाहरुबाट अवैधरुपमा दिनहु सयौ घनमिटर ढुंगा हुने निकासी हुदै आएको छ । चुरेक्षेत्रमा बिगत एक महिना अघिदेखि व्यापारीहरुले टेक्टरमा राखेर सयौ टिप ढुगा निकासि गरीसेकेका छन ।

हत्या गरिएको अवस्थामा युवकको शव फेला - 2018-02-17
गौशाला : महोत्तरीमा शनिबार एक युवकको शव फेला परेको छ । मटिहानी नगरपालिका– ७ पानीट्यांकी अगाडि स्थानीय गणेश ठाकुरका छोरा ३० वर्षीय रमेश ठाकुर भन्ने कारी ठाकुरको शव हत्या गरिएको अवस्थामा फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 NEXT

English News



1017797 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top