समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

धानको बेर्नासँगै घर पनि बग्यो - 2017-08-17
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ (साविकको औरही गाविस) का फुलदेव यादव २८ साउनको बिहान रोपाईको तयारीका लागि खेतमा जाने तयारीमा थिइन् ।

महोत्तरीमा बाढीमा परी हालसम्म पाँचको मृत्यु - 2017-08-17
महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ ।

बाढीबाट पर्सामा नौ हजारभन्दा बढी प्रभावित - 2017-08-17
पर्सामा आएको बाढीबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ ।

बाढी बाट मर्नेको सख्या रौतहटमा १८ पुग्यो - 2017-08-16
रौतहटमा बाढीले बगाउदा बुधवार सम्ममा रौतहटमा १८ जनाको मृत्यू भएको छ । बुधवार गुजरागाउपालिका २ मा थप संजिव मोक्तानको गाउ नजिकैको खोलाले बगाएर मृत्यू भएको छ ।

बाढी पिडितले राहत नपाएको गुनासो - 2017-08-16
राहत बितरण प्रभावकारी नभएको भन्दै रौतहटका बाढी पिडितहरुले गुनासो गरेका छन । सिमा सुरक्ष पोष्ट औरयामा मंगलवार हेलिकप्टर बाट ल्याइएको ८० बल्डल त्रिपाल अलपत्र परेको हो ।

वीरगंजबाट हेलिकप्टर मार्फत राहत सामग्रही ढुवानी सुरु - 2017-08-16
मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ ।

ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु - 2017-08-16
चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नंको ट्याङ्करले हेटौँडा–नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।

खाल्डोमा परी बालिकाको मृत्यु - 2017-08-16
पर्साको ठोरीमा खाल्डोमा डुबेर एकजना बालिकाको ज्यान गएको छ । सुवर्णपुर गाउँपालिका-२ अनुमाननगरका कुमार बस्नेतकी आठ वर्षीया छोरी कृपा बस्नेतको ज्यान गएको हो ।

१२ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या - 2017-08-16
जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747806 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top