समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

अत्यन्त पिडित मुसहर बस्तिमा राहत वितरण - 2017-08-27
नेपाल शेयर काठमाण्डौले संकलन गरेको राहत सामाग्री रौतहटको अती पिडित मुसहर बस्तिमा बितरण गरीएको छ । जिल्लाको पिप्रा पोखरीया साबिकको गाबिसको डुमरीया को ५८ वटा झुपडीमा बस्दै आएका मुसहरहरु लाइ राहत बितरण गरीएको हो ।

राहत नपाएको भन्दै गौरमा प्रर्दशन - 2017-08-27
रौतहटका बाढी पिडितहरुले राहत नपाएको भन्दै सदरमुकाम गौरमा आइतवार दिनभर प्रर्दशन गरेका छन । सो गाउपालिकाको भलौहियाका सयौ बाढी पिडितहरुले गौर स्थित जिल्ला प्रशासन कार्यालय तथा रेडक्रस सोसाइटी गौर शाखा अगाडी प्रर्दशन गरेका हुन ।

नेबिसघका केन्द्रिय सदस्यहरु राहत बितरणमा व्यस्त - 2017-08-27
नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्न मै व्यस्त छन ।

सिस्नुपानी नेपाल लगाएत सस्था द्धारा राहत वितरण - 2017-08-25
चर्चित हांस्य कलाकार मनोज गजुरेलको टोलीले रौतहटको बिभिन्न स्थानहरुमा बाढी पिडितहरु लाइ राहत वितरण गरेको छ ।

नेपाल वन पैदावर उद्योग महासंघ द्धारा राहत वितरण - 2017-08-24
नेपाल वन पैदावर उद्योग महासंघले रौतहटका बाढीपिडितका लागि बिहिवार राहत सामाग्री वितरण गरेको छ ।

धुर्मुसले बांडे रौतहटमा राहत - 2017-08-23
धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटको गौरमा बुधवार बाढी तथा डुवान पिडित दलित परीवारहरु लाइ कपडा तथा खाध्यान्न् बितरण गरेका छन ।

बाढी पिडीत बस्तिमा राहत तथा स्वास्थ्य शिविर - 2017-08-22
एन.पि.एल. समाज कल्याण विरगंजको सहयोग र चन्द्रनिगाहपुर सिटी जेसीजको समन्वयमा ४ सयबाढी पिडित घरपरिवारलाई राहत वितरण तथा साथी नेपालको समन्वयमा स्वास्थ्य शिविर संचालन गरीएको छ ।

दोलखा केन्द्र बनाएर ४.६ को पराकम्प - 2017-08-21
२०७२ बैशाख १२ गतेको गोरखा भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।

दुई नम्बर प्रदेशमा राहतको नाममा राजनीति - 2017-08-20
प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागी राजनीतिक दलहरूले राहत वितरणका नाममा मतदाताहरुलाई आफूतिर आकर्षित गर्न थालेका छन् । राजनीतिक दलका नेताहरूले पार्टी प्रवेश र घरदैलो कार्यक्रमका साथै बाढी पीडितहरुलाई राहत समेत वितरण गर्न थालेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747791 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top