समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

नेताको घाँटी रेटेर हत्या ! - 2017-10-10
सिरहामा एमालेका स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।

माधव घिमिरे दुर्घटनाको एक वर्ष : अझै खुलेनन् यी रहस्य - 2017-09-25
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल नम्बर ९८५१०८८३८८ बाट २०७३ असोज ९ गते राति ९.५५ मा उनको एक आफन्तकोमा फोन गयो। करिब २६ सेकेन्ड ती आफन्तले ‘हेल्लो–हेल्लो’ भनिरहे तर दोहोरो संवाद हुन सकेन।

मतगणना स्थल नजिकै सिलिण्डर बम भेटियो - 2017-09-24
बाराको बारागढी गाउँपालिकाको मतगणना भइरहेको स्थल नजिकै आइतबार दुई वटा सिलिण्डर बम भेटिएको छ। बम नेपाली सेनाले निक्रिय पारेको छ।

रौतहटमा मतगणना स्थलमा एमाले काग्रेस कार्यकर्ता बिच झडप - 2017-09-19
बृन्दाबन नगरपालिकाको मतगणना स्थल बाहीर मंगलवार साझ झडप भएको छ ।

पानी जमेपछि मतदातालाई लाईन बस्न समस्या - 2017-09-18
जीतपुरसिमरा उपमहानगरपालीका १५ स्थित नेरामाबि डुमरवाना मतदान केन्द्रमा पानी जमेपछि मतदातालाई सास्ति भएको छ ।

समिरको घर छेउमा बम पड्कीएको हल्ला मात्रै - 2017-09-07
चन्द्रपुरका माओवादी केन्द्रका मेयर युवराज भट्टराइको घर नजिकै बम पड्कीएको समाचार हल्ला मात्रै भएको प्रहरीले जनाएको छ ।

मकैबारीमा मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा - 2017-09-06
काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोलाको नजिक मकैबारीमा गत मंगलबार वेवारिसे अवस्थामा भेटिएको शव सामुहिक बलात्कारपछि हत्या गरिएकी एक महिलाको भएको खुलेको छ।

गैर बाढी पिडित लाइ राहत सिफारीस गर्ने वडासचिव कार्वाहीमा - 2017-09-05
सरकारले उपलव्ध गराएको राहत रकम गैर पिडित लाइ सिफारीस गरेको भन्दै वडा सचिवलाई कार्वाही थालिएको छ ।

चन्द्रपुर नगरपालिका पुर्ण साक्षर घोषणा - 2017-09-05
रौतहटको चन्द्रपुर नगरपालिका लाई आज एक समारोहका बीच साक्षरता घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालय गौर र चन्द्रनिगाहपुर स्रोत केन्द्रको आयोजनामा रौतहटको चन्द्रनिगाहपुर स्थित जनज्योति उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर लाई साक्षरता घोषणा गरिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747815 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top