समाज

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’



समाज प्रकाशित मिति: ललितपुर ६ माघ

यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

बाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकोमा अरु अञ्चल कार्यालयबाट समेत सेवा सुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालय प्रमुख तेजनारायण यादवले बताए ।

विभागको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । सुरुमा बाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुने गरेकाले सेवाग्राहीले राजस्व तिरेको एकडेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे ।

१४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र दिन सुरु गरेपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उनले भने, ‘सेवा अन्यत्रबाट पनि सुरु भएको छ तर मेशिन थप नभएकाले समय लागेको हो ।’

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका सेवाग्राही दिनहुँ कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउँछन् । साभार अन्नपुर्ण

चन्द्रपुरमा भएको बम बिस्फोटमा परी घाइते हुनेहरु - 2017-11-18
रौतहट २ मंसिर// रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । बिस्फोटनमा ३१ बर्षिय सरीता राई र ७ बर्षिय जैविक राई आमाछोरा गम्भिर घाइते भएका छन ।

चन्द्रनिगाहपुरमा बम बिस्फोट १२ जना घाइते - 2017-11-18
रौतहट २ असोज// रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । घाइतेहरु सवै चन्द्रपुर ५ का रहेका छन । भेला सकेर बाहीर निस्कने क्रममा मन्दिरको अगाडी बिस्फोट भएको हो ।

१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट - 2017-11-18
पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।

मोबाइलमा चिठ्ठा पर्यो भन्दै लाखौँ ठगी गर्ने ६ जना पक्राउ - 2017-11-18
लामो समयदेखि बिराटनगरमा बसेर अवैध हुण्डी कारोवारमा संलग्न अनुप सेठिया र उनका आफन्तहरुले अन्तर्राष्ट्रिय नेटवर्क बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने गरेको नयाँ तथ्य खुलेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर सभा - 2017-11-18
सडक सञ्जाल र शिक्षालाई प्राथमिकतामा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर सभा सम्पन्न भएको छ।

चुनावका लागि आठ दिन शैक्षिक संस्था बन्द गर्न माग, दुई दिन सार्वजनिक बिदा - 2017-11-18
निर्वाचन आयोगले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि आठ शैक्षिक संस्था बन्द गर्न माग गरेको छ। बिहीबार आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति सार्वजनिक गर्दैे आठ दिन बिदा दिन सरकारसँग आग्रह गरेका हुन्।

चन्द्रनिगाहपुरका डिएसपी ढकालको सरुवा - 2017-11-16
चन्द्रपुर ३० कार्तिक // इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट बाट डिएसपी यादव ढकालको सरुवा भएको छ । १५ महिना अघि आएका डिएसपी ढकाललाइ राजनैतिक दलका नेता, व्यपारी लगाएत स्थानियबासीले बिहिवार बिदाइ गरेका छन ।

मुसहरका छोराछोरीले जन्मदर्ता पाएनन - 2017-11-16
रौतहट ३० कार्तिक // जन्मको आधारमा नागरीकता पाएका मुसहर बाबुआमाका छोराछोरीको जन्मदर्ता छैन । जन्मदर्ता नहुदा वालवालिकाहरु सरकारी सेवा सुबिधा बाट बन्चित हुदै आएका छन ।

चिनीमिलमा मृत्यु भएका युवकको श्रीमतीलाई दश लाखको चेक हस्तान्तरण - 2017-11-15
रौतहट २९ कार्तिक // रौतहटको कटहरिया नगरपालिकाको डुमरियामा अवस्थीत बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि निमार्णका क्रममा गत अशोज २३ गते करेन्ट लागेर मृत्यु भएका युवक का परीवार लाइ दश लाख रकम प्रदान गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749549 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top