समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

रिक्सा चालक द्धारा न्यानो कपडा बितरण - 2018-01-11
रौतहट २७ पुस रौतहटका रिक्सा चालक केदार प्रसाद तिमल्सेनाले रौतहट तथा बारा जिल्लाका बिभिन्न गरीव बस्तिहरुमा कपडा बितरण गरेका छन ।

हिउँ चितुवाको छालासहित पक्राउ - 2018-01-11
मकवानपुर प्रहरीले हिउँ चितुवाको छालासहित मकवानपुरका १ जनालाई पक्राउ गरेको छ

बिचल्लीमा परेको एक मुसहर परीवारलाइ सहयोग - 2018-01-11
चन्द्रपुर २७ पुस बिचल्लीमा परेको रौतहटको एक मुसहर परीवार लाइ हास्य कलाकार धुर्मुस लगाएत बिभिन्न व्यक्तिहरुले कपडा तथा रकम सहयोग गरेका छन ।

शितलहर पिडित लाइ न्यानो बाड्दै धुर्मुस - 2018-01-11
रौतहट २७ पुस हास्य कलाकार धुर्मुस तराइ मधेशका शितलहर पिडितहरु लाइ न्यानो कपडा बाड्न केहि दिन देखि व्यस्त छन । बिहीवार धुर्मसले चन्द्रपुर नपाको डुमरीयामा रहेका एकसय परीवार लाइ कम्वल बितरण गरेका छन ।

शितलहर बढेर चिसोहुदा रौतहटमा ११ को मृत्यू - 2018-01-11
रौतहट २७ पुस शितलहरका कारण रौतहटमा चिसोले मर्नेको सँख्या ११ बिहिवार सम्ममा पुगेको छ ।

चिसोका कारण सुत्केरी र वालवालिकाको बिचल्ली - 2018-01-10
रौतहट २६ पुस// लामो समय मधेशमा चलेको शितलहरका कारण मुसहर बस्तिका सुत्केरी महिलाहरु ,शिशु र वालवालिकाहरु बिचल्लीमा पर्न थालेका छन ।

सुन जस्तो देखिने ३ वटा बालासहित एक जना पक्राउ - 2018-01-09
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट एक जना व्यक्तिलाई सुन जस्तो देखिने ३ वटा बालासहित पक्राउ गरेको छ ।

दुर्घटनामा दुईको मृत्यु - 2018-01-09
भैरहवा–भूमही सडक खण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

डा. केसीलाई सर्वोच्चमा उपस्थित गराइयो - 2018-01-09
सोमबार साँझ पक्राउ परेका डा गोविन्द केसीलाई प्रहरीले आज अदालतमा पेश गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747789 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top