समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

हृदयाघातका कारण जनवादी गायक खुसीराम पाख्रिनको निधन - 2017-11-21
जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ। मंगलबार चितवनमा आयोजित चुनावी सभामा सहभागी हुँदैगर्दा अचेत भएका पाख्रिनको उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो।

५० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ - 2017-11-21
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक हरिहर सुनारलाई ५० हजार घुससहित पक्राउ गरेको छ।

बम राखेको हल्ला चलेपछि सर्वोच्च अदालतमा तनाव - 2017-11-21
सर्वोच्च अदालत परिसरमा शंकास्पद वस्तु भएको हल्ला चलेपछि अदालतमा तनाव भएको छ । अदालतमा इजलास सुरु हुने बेला शंकास्पद वस्तु भएको हल्ला चलाइएपछि अदालत परिसरमा तनाव बढेको हो ।

वनमन्त्रीको घरपछाडि शंकास्पद वस्तु, सेनाले गर्यो डिस्पोज - 2017-11-21
वनमन्त्री बिक्रम पाण्डेको घरपछाडि अज्ञात समूहले राखेको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।

सप्तरीमा हात, खुट्टा र टाउको काटिएको शव फेला - 2017-11-21
सप्तरीको हनुमाननगर-कंकालनी नगरपालिकामा एक जना महिलाको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु - 2017-11-21
सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

चुनाव प्रचारमा रहेको जीपमा बम बिस्फोट - 2017-11-20
बारा ४ मंसीर // नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको बा १४ च ६३३० नम्बरको गाडीमा बम विस्फोट भएको छ ।

बस र मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यू - 2017-11-19
रौतहट ३ मंसिर// गरुडा बजारमा आइतबार यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा दुइजनाको ज्यान गएको छ ।

प्रचण्डले दिए छोरालार्इ दागबत्ती - 2017-11-19
आज निधन भएका आफ्ना छोरा प्रकाशको पार्थिव शरिरमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले दागबत्ती दिएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747793 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top