समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

त्रिशुलीमा बस खस्दा ६ को मृत्यु नौ घाइते - 2017-11-29
काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

मुसहर अगुवा भन्छन्– वाचा पूरा गर, भोजभतेर खुवाएर भोट नमाग - 2017-11-29
रौतहट १३ मंसीर // मंसीर २१ मा हुने प्रतिनिधि र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार घरदैलोमा व्यस्त छन्। विभिन्न योजना र आश्वासन दिँदै दलित समुदायका बस्ती– बस्तीमा प्रमुख दलका उम्मेदवारहरु मत माग्न पुगिरहेका छन्।

आगलागीहुदा आठ लाखभन्दा बढीको क्षती - 2017-11-28
रौतहट १२ मंसीर// रौतहट गरुडा नगरपालिका ९ स्थित धरहरीटोलमा मंगलवार दिउसो आगलागी हुुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

दाङको तुलसीपुरमा बम विस्फोट , म्यादी प्रहरीसहित ८ जना घाइते - 2017-11-28
दाङको व्यस्त बजार तुलसीपुरमा शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटबाट आठ जना घाइते भएका छन् ।

कम्युनिष्टको बहुमतीय सरकार बन्छ :एमाले अध्यक्ष ओली - 2017-11-27
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभाको दुवै निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्।

सिरहामा प्रहरीलाई गोली प्रहार गर्ने धनुषाबाट पक्राउ - 2017-11-27
सिराहामा गोली प्रहार गरेर फरार भएका ३ जानालाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको छ ।

विराटनगरमा शंकास्पद् वस्तु फेला - 2017-11-27
विराटनगर ४ स्थित एयरपोर्टछेउ नजिकमा रहेको हाम्रो अस्पतालनजिकै शंकास्पद वस्तु फेला परेको छ ।

मतपेटिका लक्षित गरी भोजपुरमा बम बिस्फोट - 2017-11-27
आइतबार मतदान सम्पन्न भएपछि मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा भोजपुरमा मतपेटिका लक्षित गरी बम विष्फोट गराइएको छ ।

सर्वसाधारण तर्साउन चन्द्रनिगाहपुर चौकमा नक्कली बम - 2017-11-26
रौतहट १० मंसीर सर्वसाधारण लाइ तर्साउने मनसायले रौतहटको चन्द्रपुर नपा ४ स्थित चन्द्रनिगाहपुर चौकमा बम सते बस्तु राखिएको पाइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747832 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top