समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

दोलखा केन्द्र बनाएर ५.२ को भूकम्प - 2017-12-08
काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ ।

गगन थापालाई लक्षित गरी बम पड्काउने विप्लवका कार्यकर्ता पक्राउ - 2017-12-07
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

​शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी - 2017-12-07
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।

मेयर भेट्दा मुसहर समुदाय मख्ख - 2017-12-07
जितपुर–सिमरा उपमहानगरपालिकाका मेयर डा। कृष्ण पौडेल वडा नम्बर १८ मा पर्ने कुसमाडीस्थित मुसहर बस्ती पुग्दा स्थानीय अचम्मित बने ।

इटहरीमा कांग्रेस-एमाले झडप, चार घाइते - 2017-12-07
बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

पर्सामा घरदेखि मतदानस्थलसम्म मतदाताको सुरक्षा, करिब ६ हजार सुरक्षाकर्मी परिचालन - 2017-12-06
बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको पर्सा स्थानीय प्रशासनले जनाएको छ ।

मतदातालार्इ पैसा बाँड्न बोकेको तीन लाखसहित एमाले कार्यकर्ता पक्राउ - 2017-12-06
पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ।

श्रीमान श्रीमती दुवैको नाममा सयुक्त जग्गाधनी पुर्जा - 2017-12-05
रौतहट १९ मंसीर // रौतहट जिल्लाको गुजरा नगरपालिका वाड न. ९ सिमरा भवानिपुर मा सयुक्त पुर्जा बनाएकाहरु लाइ सम्मान गरीएको छ ।

पुल बनाइदेउ, भोट लैजाउ - 2017-12-05
रौतहट १९ मंसीर // रौतहटको दुर्गाभगवती गाउपालिका स्थित बागमती नदीको बडहर्वा घाटको बर्षौदेखीको अलपत्र पुल बनाइदिने लाइ भोट दिने बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747801 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top