राजनीति

प्रचण्डले भने : भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ



राजनीति प्रकाशित मिति:

चितवन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’

उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने रु भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ । साभार अनलाईन खबर
अर्वौ लागतका योजनाहरु संसद साह द्धारा शिलान्यास - 2018-04-10
रौतहट २७ चैत्र // रौतहट क्षेत्र नम्वर ३ मा पुर्व मन्त्री तथा ससद प्रभु साहले बिभिन्न योजनाहरुको शिलान्यास गरेका छन । बिकास प्रेमी नेताको परीचय बनाएका पुर्व मन्त्री एवं सांसद प्रभुु साहद्धारा एक अरव रुपैया भन्दा बढीको बिभिन्न ११ वटा योजनाको मंगलवार शिलाान्यास गरेका हुज ।

नगरपालिकाको गाडी नचढ्ने भंगहाका मेयरको घोषणा - 2018-04-10
महोत्तरी : महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिबकुमार साहले नगरपालिकाको गाडी सुविधा नलिने घोषणा गरेका छन् ।

फोरम र राजपा कहिले जान्छन् सरकारमा ? - 2018-04-10
काठमाण्डौ २७ चैत्र // १. प्रधानमन्त्रीको समस्या संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । ओली मन्त्रिपरिषद्मा अहिले २२ जना सदस्य छन् । अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ ।

बैठकमा सरकारको तीव्र आलोचना - 2018-04-09
जनकपुर : प्रदेशसभाको आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) सांसद मनिषकुमार सुमनले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई हत्या गर्ने धम्की आएको बताउँदा सबैले मुखामुख गरे ।

प्रधानमन्त्रीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा - 2018-04-08
प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा भएको छ ।

प्रदेश २ संसद् बैठक बस्दै - 2018-04-08
जनकपुर : प्रदेश २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठकको कार्यसूची भने तय भइसकेको छैन ।

हिन्दु धर्मगुरुमाथि विराटनगरमा गोली प्रहार - 2018-04-08
विराटनगर : विराटनगरमा हिन्दु धार्मिक गुरुमाथि गोली प्रहार भएको छ। साप्ताहिक ज्ञान महायज्ञका लागि विराटनगरमा रहेका श्रीनिवास आचार्यमाथि शनिबार बिहान २ बजेतिर गोली प्रहार भएको हो।

रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल - 2018-04-07
काठमाडौँ : भारतले आफ्नै लगानीमा वीरगन्जस्थित रक्सौल नाका हुँदै काठमाडौँसम्म विद्‍युतीय रेल बनाउने कुरामा सहमति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा शनिबार दुई देशबीच नेपालको राजधानी काठमाडौँसम्म विद्युतीय रेल लाइन निर्माण गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।

दिल्लीबाटै गरियो वीरगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन - 2018-04-07
काठमाडौं : नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी)को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घाटन गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 NEXT

English News



1009546 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top