राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

रौतहट २ मा काग्रेसका आलम बिजयी - 2017-12-10
रौतहटको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसका मो.अफताब आलम १८ हजार ८ सय ३३ मत प्राप्त गरी बिजयी भएका छन ।

अनिल झा भारी मतले विजय - 2017-12-10
रौतहट क्षेत्र नं. १ प्रतिनिधि सभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य एवंम मधेशी प्रभावसाली नेता अनिल कुमार झा २१ ह्जार ४ सय ७२ मत लियाई करिव ५ हजार ६ सय मतले विजय हुनु भएको छ ।

रौतहट क्षेत्र नं. १ प्रदेश सभा क बाट राजपाको बाबुला साह - 2017-12-10
रौतहट क्षेत्र नं. १को प्रदेश सभा 'क'बाट राष्ट्रिय जनता पार्टीका बाबुलाल साह कानु १० हजार ५ सय २४ मत लियाई ३ हजार ३ सय १४ मतिले विजय हुने भएको छ ।

रौतहट क्षेत्र नं. १ प्रदेश सभा खबाट फोरमका योगेन्द्र राय यादव विजय - 2017-12-10
रौतहट क्षेत्र नं.१ को प्रदेश सभा खबाट संंघिय समाजवादी फोरम नेपालका योगेन्द्र राय यादवले ८ हजार ९ सय ५७ मत लियाई २ सय ७८ मतिले विजय हुने भएको छ ।

रौतहट क्षेत्र नं. ३ प्रदेश सभा क बाट एमालेको नागेन्द्र राय यादव विजय - 2017-12-10
रौतहट क्षेत्र नं.३ को प्रदेश सभा कबाट नेकपा एमाले बामको नागेन्द्र राय यादव ११ हजार १ सय ८२ मत लियाई ३ सय ४८ मतिले विजय हुने भएको छ ।

रौतहट क्षेत्र नं. २ प्रदेश सभा 'ख'बाट फोरमका रामकिशोर यादव विजय - 2017-12-10
रामकिशोर यादवले ९ हजार ५ सय २२ मत लियाई १ हजार ५ सय ५६ मतिले विजय हुने भएको छ ।

सिरहाको प्रदेशसभा ३ (क)मा पूर्वमन्त्री यादव विजयी - 2017-12-09
सिरहाको प्रदेशसभामा वाम गठबन्धनले खाता खोलेको छ। निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ३ (क)बाट वाम उम्मेदवार रामकुमार यादव विजयी भएका हुन्।

नयाँ इतिहास : मकवानपुर २ प्रदेशसभा 'ख' मा कांग्रेस निर्वाचित - 2017-12-09
२०१५ सालको आम निर्वाचनमा विश्वबन्धु थापाले पूर्वी चितवन र मकवानपुर समेटिएको ५१ नम्बर क्षेत्रबाट निर्वाचन जितेपछि पाँच दशकमा एउटा पुस्ताले नै मकवानपुरमा त्याग र समर्पणको राजनीति गर्नुपर्‍यो।

सप्तरीमा उपेन्द्र यादव विजयी - 2017-12-09
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् उपेन्द्र २१६३० मत प्राप्त गरी विजयी भएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749395 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top