प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट



राजनीति प्रकाशित मिति:

वीरगञ्ज :
वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

नगरसभाले पारित आर्थिक ऐन, २०७५ मा फरक आयस्रोत भएका सबै तहका जनताका लागि समान कर लाग्ने उल्लेख छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको तर्फबाट विज्ञप्ति निकाल्दै महानगरपालिकाले निर्धारण गरेको करका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।

संघका अनुसार, मालपोत कार्यालयले रु। १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु। ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।

करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।

सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ । साभार अनलाईन खबर
प्रधानमन्त्रीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा - 2018-04-08
प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा भएको छ ।

प्रदेश २ संसद् बैठक बस्दै - 2018-04-08
जनकपुर : प्रदेश २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठकको कार्यसूची भने तय भइसकेको छैन ।

हिन्दु धर्मगुरुमाथि विराटनगरमा गोली प्रहार - 2018-04-08
विराटनगर : विराटनगरमा हिन्दु धार्मिक गुरुमाथि गोली प्रहार भएको छ। साप्ताहिक ज्ञान महायज्ञका लागि विराटनगरमा रहेका श्रीनिवास आचार्यमाथि शनिबार बिहान २ बजेतिर गोली प्रहार भएको हो।

रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल - 2018-04-07
काठमाडौँ : भारतले आफ्नै लगानीमा वीरगन्जस्थित रक्सौल नाका हुँदै काठमाडौँसम्म विद्‍युतीय रेल बनाउने कुरामा सहमति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा शनिबार दुई देशबीच नेपालको राजधानी काठमाडौँसम्म विद्युतीय रेल लाइन निर्माण गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।

दिल्लीबाटै गरियो वीरगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन - 2018-04-07
काठमाडौं : नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी)को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घाटन गरेका हुन् ।

ओली र मोदीले गरे अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास - 2018-04-07
नयाँ दिल्ली : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । आज दिल्लीको हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।

भारतसँग पहिलो अपेक्षा मित्रता : प्रधानमन्त्री ओली - 2018-04-07
नयाँ दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको पहिलो अपेक्षा मित्रताको भएको बताएका छन्।

दिल्लीबाट स्विच थिचेर पेट्रोलियम पाइपलाइन सिलन्यास गरिने - 2018-04-07
काठमाडौं/दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शनिबार) संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको सिलन्यास गर्दैछन्।

प्रधानमन्त्री ओली भारत प्रस्थान - 2018-04-06
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

English News



1276264 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top