राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

सर्लाही ३ (क)बाट वामका डिल्लीप्रसाद उप्रेती विजयी - 2017-12-11
सर्लाही क्षेत्र नम्बर ३ (क)मा वाम गठबन्धनका डिल्लीप्रसाद उप्रेती विजयी भएका छन्।

सर्लाही १ (ख)मा वामकी बेची लुङगेली विजयी - 2017-12-11
सर्लाही क्षेत्र नम्बर १ ९ख०बाट वाम गठबन्धनकी बेची लुङगेली विजयी भएकी छन् । लुङगेलीले नेपाली कांग्रेसका शेष साह दुल्लाहलाई ६ हजार १ सय ६६ मतले पछि पार्दै विजयी भएकी हुन् ।

सर्लाही २ मा राजपाका महेन्द्रराय यादव विजयी - 2017-12-11
सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव विजयी भएका छन्।

सुनसरी ३ मा मतगणना स्थगित : चौधरी र गच्छदारको कडा प्रतिष्पर्धा - 2017-12-11
सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ। अर्धकट्टी सहितको नौ वटा मतपत्र भेटिएपछि भएको विवादका कारण मतदान स्थगित भएको हो।

एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल प्रदेशसभामा बिजयी - 2017-12-11
दुई नम्बर प्रदेशमा एमालेले निराशाजनक नजिता ल्याइरहँदा सो प्रदेशका संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल भने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मण्डललाई कुनै बेला सप्तरीमा मधेशवादी दलले प्रवेश निषेध समेत गरेका थिए ।

काभ्रे २ मा एमालेका गोकुल बास्कोटा विजयी - 2017-12-11
नेकपा एमालेका गोकुल प्रसाद बास्कोटा काभ्रे क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतसहित निर्वाचित भएका छन् । बास्कोटा ५४ हजार ४२७ मतसहित निर्वाचित भएका हुन् ।

पहाडीले जित्दा उर्लिए मधेसी मतदाता - 2017-12-11
क्षेत्र नम्बरको ३ को परिणाम औपचारिक रूपमा घोषणा नहुँदै वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठलाई अविर, माला लगाउनेको घुइँचो लाग्यो ।

मेयरमा हारेका बिमल श्रीवास्तव प्रतिनिधिसभामा निर्वाचित - 2017-12-11
स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित बिमल श्रीवास्तव पर्सा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सर्लाही १ बाट राजपाका प्रमोद साह विजयी - 2017-12-11
सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन्। साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749481 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top