राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

सात प्रदेशमा उच्च अदालत गठन - 2016-09-15
काठमाडौं ३० भदौ सरकारले संघीयता कार्यान्वयन गर्ने क्रममा सातवटै प्रदेशमा उच्च अदालत गठन गर्ने भएको छ ।मन्त्रिपरिषद्को बुधबारको बैठकले सातवटै प्रदेशमा उच्च अदालतका लागि स्थान तय गरेको हो । संसद्ले कानुन पारित गरेपछि उच्च अदालत गठनका लागि बाटो खुलेको हो ।

प्रधानमन्त्री द्धारा भारत भ्रमण बारे संसदमा जानकारी - 2016-09-14
काठमाण्डौ २९ भदौ प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको बिषयमा संसद लाइ जानकारी गराएका छन । प्रधानमन्त्री दाहालले धेरै विषय उठाउनु भन्दा पनि असल नियतका साथ विश्वास बढाउने र विगतमा भएका सहमति कार्यान्वयनमा जोड बताएका छन ।

म छिट्टै मधेश आउछु : प्रधानमन्त्री दाहाल - 2016-09-13
सिराहा २७ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल सोमवार सिराहामा हुने कार्यक्रममा जान नसकेपछि टेलिफोन बाट कार्यक्रमलाइ सम्वोधन गरेका छन ।

मुलुकको हितलाइ प्राथमिकतामा राख्न प्रधानमन्त्री संग एमाले अध्यक्ष ओलीको आग्रह - 2016-09-11
काठमाण्डौ २६ भदौ नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पुष्प कमल दाहाल लाइ भारत भ्रमणका क्रममा नेपालको हितलाइ प्राथमिकतामा राख्न सुझाव दिएका छन ।

बिकाश योजनामा सवैको अपनत्व हुनुपर्छ : संसद भट्टराई - 2016-09-10
रौतहट २५ भदौ संसद रामकुमार भट्टराइले संसदिय विकाश पुर्वाधार कोषबाट निमार्ण भएको कालोपत्रे सडकको उद्घाटन गरेका छन । संसद शनिवार उद्घाटन गर्दै संसद भट्टराईले सडक उपभोक्ताहरुले निमार्ण भएका योजनाहरुको संरक्षण तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल - 2016-09-10
हेटौडा २५ भदौ प्रेस चौतारी मकवानपुरको छैठौं जिल्ला अधिवेशनले नया कार्य समिती गठन गरेको छ । हेटौडामा शनिवार सम्पन्न अधिवेशनले प्रकाश दाहालको अध्यक्षतामा नया समिती गठन गरेको छ ।

प्रधानमन्त्री दाहाल र वरिष्ठ नेता नेपाल बिच छलफल - 2016-09-10
काठमाण्डौ २५ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल बिच आज भेटवार्ता भएको छ ।

कर्णालीमा २० किलो चामल दिने निर्णयको बिरोध - 2016-09-09
कलमपाटी २४ भदौ प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीवार संसद भवनमा सम्बोधन गर्दै कर्णाणीमा जन्मदा र मर्दा २० किलो चामल दिने घोषणाको बिरोध एको छ ।

आज बिपिको जन्म जयन्ती - 2016-09-09
काठमाण्डौ २४ भदौ नेपाली कांग्रेसका नेता विश्वेवश्वर प्रसाद कोइरालाको १०३ औँ जन्म जयन्ती शुक्रवार मनाइँदै छ । नेपाली कांग्रेसले देशभित्र तथा विदेशमा पनि बिबिध कार्यक्रम गरेर स्वार्गिय कोइरालाको जन्म जयन्ती मनाइरेहको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749466 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top