राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

मोर्चाले संबिधान दिवसको दिन कालो झण्डा देखायो - 2016-09-19
रौतहट ३ असोज मधेशी मोर्चाले संबिधान निमार्ण भएको दिनलाइ कालो दिन मनाउदै कालोझण्डा लिएर प्रर्दशन गरेका छन ।

प्रधानमन्त्री दाहाल अमेरीका नजाने - 2016-09-19
काठमाण्डौ ३ असोज / प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका नजाने भएका छन । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय गरीएको थियो ।

भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री - 2016-09-18
काठमाण्डौ २ असोज भारतको चारदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल फर्किएका छन । भारतबाट फर्केका प्रधानमन्त्रीलाइ त्रिभुवन विमानस्थलमा सभामखु लगाएत सरकारका उच्च पदाधिकारीहरुले स्वागत गरेका छन ।

जात र धर्मको कुरा गरेर जनता नभड्काउ : एमाले नेता नेपाल - 2016-09-18
काठमाण्डौ २ असोज नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले लाइ पाखा लगाएर संबिधान कार्यान्वयन हुन नसक्ने बताएका छन ।

मोर्चाले सरकार संग माग्यो उपचार खर्च - 2016-09-18
काठमाण्डौ २ असोज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा घाइते भइ उपचार गरेको एक करोड भन्दा बढीको विल सरकार लाइ बुझाएको छ ।

मधेस आन्दोलनका घटनाका आरोपीको मुद्धा फिर्ताको तयारी - 2016-09-18
काठमाडौं २ असोज मधेस आन्दोलनको घटनामा संलग्न भएको आरोपमा मुद्धा लागेको तीन सय ७४ जनाको मुद्धा सरकारले फिर्ता लिने तयारी गरेको छ ।

स्थानिय निकायको पुर्नसंरचना बिदेशीको इशारामा : एमाले नेता नेपाल - 2016-09-15
विराटनगर ३० भदौ नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री नेता माधव कुमार नेपालले स्थानीय निकायको पुर्नसंरचना विदेशीको इशारा हुन लागेको बताएका छन ।

लोकमान नियुक्तीको फाइल भुकम्पमा पुरीयो - 2016-09-15
काठमाडौ ३० भदौ मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धित निर्णय फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ ।

मधेस आन्दोलनमा भएका घटनाहरुको छानबिन गर्न बनेको आयोगले पूर्णता पायो - 2016-09-15
काठमाण्डौ ३० भदौ मधेस आन्दोलनका समयमा भएका घटनाहरुको छानबिन गर्न बनेको आयोगले पुर्णता पाएकोछ |मन्त्रीपरिषदले केही साता अघि बनाएको आयोगले बुधवार आज पूर्णता पाएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749430 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top