राजनीति

प्रचण्डले भने : भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ



राजनीति प्रकाशित मिति:

चितवन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’

उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने रु भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ । साभार अनलाईन खबर
हेटौडा, भरतपुर र पोखरामा एमाले ले उम्मेदवार छान्यो - 2017-05-01
कलमपाटी १८ बैसाख / बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले केही महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप:उपेन्द्र यादव - 2017-05-01
सङ्घीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भनेको छ ।

कार्यपालिका माथी न्यायपालिकाको हस्तक्षेप : काग्रेस - 2017-05-01
कलमपाटी १८ बैसाख / नेपाली काँग्रेसले कार्यपालिका माथि न्यायपालिकाले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

राष्ट्रिय ध्वजाबहाक पानीजहाज चलाउने एमाले को योजना - 2017-05-01
काठमाडौँः नेकपा एमालेले राष्ट्रिय ध्वजाबहाक पानीजहाज चलाउने योजनालाई आफ्नो उच्च प्राथमिकतामा राखेको छ ।

बिभिन्न पाटी छाडेर ३० जना भन्दा बढी एमालेमा प्रवेश - 2017-05-01
कलमपाटी १८ बैसाख / रौतहटको चन्द्रपुर ९ र १० नम्वर वडा बाट बिभिन्न पार्टीहरु त्याग गरी ३० जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन ।

पार्टी फुटाउन करोडौंको खेल : ओली - 2017-05-01
प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

गृहमन्त्री बिमलेन्द्र निधी द्धारा राजिनामा - 2017-04-30
कलमपाटी १७ बैसाख / उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आइतवार साझ राजीनामा दिएका छन ।

केपी ओलीको चारबुँदे तर्कः एमालेले किन संविधान संशोधन हुन दिँदैन ? - 2017-04-30
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन गर्न नदिने ४ वटा कारणहरु अघि सारेका छन् ।

सरकारले आइजीपी बढुवा बिषयमा तमासा देखायो : एमाले अध्यक्ष ओली - 2017-04-27
काठमाण्डौ १४ बैसाख / नेकपा एमालेका अध्यक्ष केपी ओली ले बाहालवाला नेपाल प्रहरीका डीआईजी लाइ बिना कारण पक्राउ गर्ने सरकारले नागरीक लाइ के गर्ला भनेर प्रश्न गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 NEXT

English News



1010049 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top