राजनीति

प्रचण्डले भने : भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ



राजनीति प्रकाशित मिति:

चितवन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’

उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने रु भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ । साभार अनलाईन खबर
सभापती देउवा बिरुद्ध चितवनमा कार्यकर्ताको प्रर्दशन - 2017-05-04
चितवन २१ बैसाख / कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर महानगरपालिकामा हुन लागेको चुनावी गठबन्धनप्रति कांग्रेस नेता कार्यकर्ताहरु ले असन्तुष्टी व्यक्त गरेका छन ।

गृहमन्त्री निधीको राजीनामा फिर्ता - 2017-05-04
काठमाण्डौ २१ बैसाख/ राजीनामा दिएका गृहमन्त्री बिमलेन्द्र निधीको राजिनामा फिर्ता भएको छ ।

तीन वटा गाउपालिकाको अध्यक्षहरु निर्विरोध - 2017-05-03
काठमाण्डौ २० बैसाख/ बुधवार दिउसो सम्म बिभिन्न जिल्लाका ३ गाउँपालिकाको अध्यक्षहरु निर्विरोध निर्वाचित भएका छन ।

एमालेका उम्मेदवारहरु बिभिन्न जिल्लाहरुमा निर्विरोध निर्वाचित - 2017-05-03
कलमपाटी २० बैसाख / नेकपा एमालेका उम्मेदवार हरु निर्विरोध विजयी हुन थालेका छन । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्ता बिभिन्न स्थानियतहरुमा एमालेका उम्मेदवार हरु निर्विरोध निर्वाचित हुन थालेका हुन ।

मधेश आन्दोलनको जाचबुझ आयोगमा १५ सय उजुरी - 2017-05-03
कलमपाटी २० बैसाख / तराई मधेस र थरुहट क्षेत्रमा भएका विभिन्न राजनीतिक गरेका आन्दोलन घटनाको छानविन आयोगमा १५ सय उजुरी परेका छन ।

हेटौडाको मेयरमा हरीवोल महतको उम्मेदवारी - 2017-05-02
हेटौडा १९ बैसाख / २०४७ सालमा नेकपा एमालेको सदस्यता लिएका हरीवोल महतले हेटौडा उपमहानगरपालिका को एमालेको तर्फ बाट मेयर पदमा उम्मेदवारी दिएका छन ।

औपचारीकरुपमा पहिलो चरणको निर्वाचन कार्यक्रम शरु - 2017-05-02
काठमाण्डौ १९ बैसाख / पहिलो चरणको स्थानीय निर्वाचन आज मंगलवार देखि औपचारिक रुपमा सुरु भएको छ । वहान १० बजेदेखि बेलका ५ बजेसम्म ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका मा उम्मेदवारी दर्ता हुदै छ ।

सप्तरीमा अजित सिंहको मोर्चा नै एमालेमा प्रवेश - 2017-05-02
सप्तरी १९ वैसाख/ अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा अजित सिंह समूह नेकपा एमाले मा प्रवेश गरेको छ ।

राप्रपाको सरकार बाट बाहीरीने निर्णय - 2017-05-01
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छोड्ने निर्णय गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 NEXT

English News



1010097 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top