राजनीति

प्रचण्डले भने : भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ



राजनीति प्रकाशित मिति:

चितवन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’

उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने रु भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ । साभार अनलाईन खबर
भोट कसरी दिने , दिन नजान्दा बदर हुन सक्छ ! - 2017-05-12
भोट दिन नजान्दा तपाइले दिएको मत बदर पनि हुन सक्छ , एक भोटले तपाइले चाहेको उम्मेदवारको हार हुन पनि सक्छ त्यसैले भोट कसरी दिने पढ्नु होस ।

मेयरका उम्मेदवार सहित दर्जनौ उम्मेदवार एमालेमा प्रवेश - 2017-05-11
भक्तपुर २८ बैसाख/ भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा मालेका तर्फबाट उम्मेदवारहरु एमालेमा प्रवेश गरेका छन ।

भरतपुरमा छोरी लाइ भोट माग्दै प्रधानमन्त्री - 2017-05-11
चितवन २८ बैसाख/ माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मेयर पदकी उम्मेदवारी रेणु दाहाल आफ्नो छोरी मात्रै नभएको बताएका छन ।

काग्रेस-माओवादी केन्द्रको गठबन्धन दिर्घकालिन :सभापती देउवा - 2017-05-11
भरतपुर २८ बैसाख / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र माओवादी केन्द्रबीच दिर्घकालिन गठबन्धन हुने बताएका छन ।

अर्काको छोराछोरी मार्न लगाउने,आफ्नोलाइ मेयर बनाउने ! एमाले अध्यक्ष ओली - 2017-05-11
चितवन २८ बैसाख/ नेकपा एमालेका अध्यक्ष केपी आलीले आरुको छोराछोरी लाइ मार्न लगाएर आफ्नो छोराछोरी लाइ मेयर बनाउन लागेको आरोप लगाएका छन ।

भरतपुरलाइ दक्षिण एसियाकै उकृष्ट महानगर वनाउने छु : मेयरका उम्मेदवार देवी ज्ञवाली - 2017-05-11
नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा सफल पूर्व उपमेयर लोकप्रिय नेता हुन् देवी ज्ञवाली । भरतपुर महानगरपालिका ४ लक्ष्मीपुर स्थायी घर भएका ज्ञवाली २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालिन भरतपुर नगरपालिकाको उपमेयरमा विजयी भएर उत्कृष्ट काम गरेकाका कारण पनि उनी लोकप्रिय भएका छन् ।

माओवादी केन्द्र लाइ भोट नदिने भन्दै काग्रेस मा हंगामा - 2017-05-10
प्रचण्डको छोरीलाई मेयर बनाउन पार्टीले तालमेल गरेकोमा आक्रोशित हुदैं नेपाली काँग्रेस चितवनका अगुवा कार्यकर्ताहरुले पार्टीको आन्तरिक बैठकमा हंगामा गरेका छन् ।

प्रचण्डको मत रुख चिन्हमा ! - 2017-05-10
आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुख मा मतदान गर्दै हुनुहुन्छ।

कतै तपाइको नाम मतदाता नामावलीमा छैन की - 2017-05-10
स्थानीय तह निर्वाचन, २०७४ (२०७३ साल फाल्गुण ९ सम्म १८ वर्ष पुरा भएका) को अन्तिम मतदाता नामावली /

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 NEXT

English News



1010093 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top