प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट



राजनीति प्रकाशित मिति:

वीरगञ्ज :
वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

नगरसभाले पारित आर्थिक ऐन, २०७५ मा फरक आयस्रोत भएका सबै तहका जनताका लागि समान कर लाग्ने उल्लेख छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको तर्फबाट विज्ञप्ति निकाल्दै महानगरपालिकाले निर्धारण गरेको करका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।

संघका अनुसार, मालपोत कार्यालयले रु। १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु। ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।

करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।

सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ । साभार अनलाईन खबर
चन्द्रपुर नगरमा माओवादी केन्द्रका मेयरका उम्मेदवार भट्टराई - 2017-06-13
नेकपा माओबादी केन्द्र रौतहटको चन्द्रपुर नगरपालिकामा मेयरको उम्मेदवारमा युवराज भट्टराइ लाइ छनौट गरेको छ ।

रौतहटको चन्द्रपुर नगरमा एमालेका मेयरका उम्मेदवार स्थायी कमिटीले निर्णय गर्ने - 2017-06-13
चन्द्रपुर नगरपालिकामा नेकपा एमालेको उम्मेदवार प्रदेश कमिटीले छनौट गर्न नसके पछि स्थायी कमिटीलाइ निर्णय गर्ने जिम्मा दिएको छ ।

गौरको मेयरमा यादवले स्वतन्त्र उम्मेदवारी दिने - 2017-06-10
रौतहटको सदरमुकाम गौरमा अर्चना कुमारी यादवले मेयर पदको लागी उम्मेदवारी घोषणा गरेकी छिन । दोश्रो चरणको स्थानिय तहको चुनाव असार चुनावमा आफु समग्र गौरको बिकासका लागी उम्मेदवारी दिएको यादवको भनाइ छ ।

रौतहटमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन - 2017-06-10
जिल्ला निर्वाचन कार्यालय रौतहटले जिल्लामा मतदाता शिक्षा प्रभावकारीरुपमा संचालन नभएको गुनासो बढेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख ले पनि केही स्थान बाट गुनाोि आएको बताएका छन ।

चन्द्रपुर ५ मा एमालेको महिला भेला - 2017-06-08
नेकपा एमालेको संगठन अनृेम संघको चन्द्रपुर ५ को चिडिया दहमा बिहिवार भेला सम्पन्न भएको छ । चिडिया दहमा भएको भेलाले महालक्ष्मि घिमिरेको संयोजकत्वमा १८ सदस्यि कमिटी गठन गरेको छ ।

रौतहटमा राजपाको दुइ घण्टा चक्काजाम - 2017-06-08
राष्टिय जनता पार्टी नेपालले बिहिवार दिउसो दुइघण्टा गौरमा चक्काजाम गरेको छ । राष्टिय जनता पार्टीका नेता कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौर बजारमा तथा गौर जाने बिरेन्द्र राजमार्गमा दिउसो एक बजे देखि तीन बजे सम्म चक्काजाम गरेका हुन ।

दोस्रो चरणको चुनावका लागी देशव्यपी उत्साह :अध्यक्ष उपेन्द्र यादव - 2017-06-08
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असार १४ मा हुने दोस्रो चरणको निर्वाचनकाका लागी देशव्यापी रुपमा उत्साह छाएको बताएका छन ।

संबिधान संसोधन विना चुनाव गर्न महत्तोको प्रधानमन्त्री लाइ चुनौती - 2017-06-08
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन बिना तराई मधेसमा निर्वाचन गराएर देखाउन प्रधानमन्त्री देउवा लाइ चुनौती दएका छन ।

महराको नेत्तृत्वमा माओवादी केन्द्र सरकारमा जाने - 2017-06-07
माओवादी केन्द्रले वर्तमान अर्थमन्त्री कृष्ण बहादुर महराको नेत्तृत्व मा सरकारमा जाने निर्णय भएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

English News



1276274 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top