प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट



राजनीति प्रकाशित मिति:

वीरगञ्ज :
वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

नगरसभाले पारित आर्थिक ऐन, २०७५ मा फरक आयस्रोत भएका सबै तहका जनताका लागि समान कर लाग्ने उल्लेख छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको तर्फबाट विज्ञप्ति निकाल्दै महानगरपालिकाले निर्धारण गरेको करका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।

संघका अनुसार, मालपोत कार्यालयले रु। १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु। ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।

करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।

सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ । साभार अनलाईन खबर
यसकारण म एमालेमा प्रवेश गरेँ – अनिता यादव - 2017-06-18
मधेश केन्द्रीत दलमा पटक पटक बिचलन आएको छ । मधेशवादी दलमा धारणा र नीतिमा स्पष्ट छैन । उनीहरुमा दुबिधा छ ।

राजपा नेपालका केन्द्रिय कोषाध्यक्ष र सदस्य एमालेमा - 2017-06-18
राजपा नेपालको केन्द्रीय कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ आइतवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

परासीमा राजपा नेपाल र प्रहरी बिच झडप - 2017-06-17
नवलपरासीको सदरमुकाम परासीमा प्रहरी र राजपा नेपालका कार्यकर्ता बिच झडप भएको छ । झडपमा प्रहरीले रवरको गोलीहरु प्रर्दशनकारीलाइ लक्षित गरी प्रहार गरेको छ ।

दोस्रो चरणको चुनावको तयारी पुरा - 2017-06-17
दोस्रो चरणमा हुन लागेको प्नदेश नम्बर १,५ र ७ को स्थानिय तहको चुनावको तयारी पुरा भएकोछ।

राजपा नेपालको थप आन्दोलनको कार्यक्रम - 2017-06-17
राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेसम्मको आन्दोलन यथावतै राखी राखेर त्यसपछि पनि थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

प्रदेश न १ का स्थानियतहमा एमालेका उम्मेदवारहरु - 2017-06-16
आगामी असार १४ गते हुन गइरहेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनका लागि एमालेले प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवाहरुको टुंगो लगाएको छ ।

राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने - 2017-06-16
सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ ।

प्रदेश २ मा असोज २ गते स्थानिय तहको चुनाव - 2017-06-15
सरकारले प्रदेश नम्बर २ मा स्थानिय तहको चुनाव असोज २ गते गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

चन्द्रपुरमा काग्रेस र एमाले लाइ मेयर छान्न सकस - 2017-06-14
रौतहटको चन्द्रपुर नगरपालिकामा काग्रेस तथा एमालेले मेयर पदको उम्मेदवार बुधवार अवेर सम्म पनि टुगो लगाउन सकेका छैनन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

English News



1276285 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top