राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

मन्त्रीहरु गाउ जान नपाउने, जानै परे स्विकृत लिनुपर्ने! - 2017-03-01
कलमपाटी १८ फागुन / निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न र गराउनका लागी मन्त्रीहरु संग आग्रह गरेको छ । मन्त्री हरु लाइ आचार संहिता लागु भएपछि गाउ जान नपाउने गरी आयोगले नियम बनाएको छ ।

निर्वाचन आचारसंहिता लागू, अब के-के गर्न पाइँदैन ? - 2017-03-01
निर्वाचन अयोगले आजबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, सञ्चारमाध्यम लगायतलाई आचारसंहिता लागू हुनेछ । उम्मेदवारको हकमा भने आगामी वैशाख १६ गतेबाट आचारसंहिता लागू हुनेछ ।

जनज्योती क्याम्पसको स्ववियू निर्वाचनमा विवाद , वार्ता जारी - 2017-03-01
रौतहट १८ फागुन/ आज फागुन १८ गते हुने भनिएको रौतहटको जनज्योती बहुमुखि क्याम्पसको स्ववियूको निर्वाचन अनिश्चित बनेको छ ।

प्रदेश नम्वर २ मा स्थानिय तहको सख्या पढाउने तयारी - 2017-02-27
काठमाण्डौ १६ फागुन/ सरकारले प्रदेश नम्वर दुइमा स्थानीय तहको संख्या वढाएर भएपनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउने तयारी गरेको छ ।

दुइजना राजदुतको नाम फिर्ता - 2017-02-27
काठमाण्डौ १६ फागुन / सरकारले युएई र ओमानका लागि सिफारीस् गरेका दुई राजदुतको नाम फिर्ता लिएको छ ।

रौतहटको गौरमा सयौ व्यक्ती एमालेमा प्रवेश - 2017-02-26
कलमपाटी १५ फागुन/ रौतहटको गौरमा आइतवार एक कार्यक्रममा गौर तथा जिल्लाका बिभिन्न स्थानका करीव दुइ सय मानिस नेकपा एमालेमा प्रवेश गरेका छन ।

आइतवार गौरमा ........[फोटो फिचर ] - 2017-02-26


गौरमा माधव नेपाल आउदा मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मी बिच झडप - 2017-02-26
रौतहट १५ फागुन/ गौरमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरीष्ठ नेता माधव कुमार नेपाल आउदा दिनभर मोर्चाका कार्यकर्ता बिच सुरक्षाकर्मीको झडप भएको छ ।

मधेशमा शक्ति देखाउदै एमाले - 2017-02-22
जनकपुर / मधेसी मोर्चाको एमालेमुक्त मधेस बनाउने घोषणालाई चुनौती दिँदै स्थानीय चुनाव घोषणा भएको भोलि पल्ट मंगलबार एमालेले जनकपुरमा शक्ति प्रर्दशन गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749415 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top