राजनीति

प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
संघीय सरकारले तोकेबाहेक प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिन निर्णय गरेको दाहालले बताए ।

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ । मधेस आन्दोलन स्मृति दिवस ५ माघमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन ९वारह रविउल्ल औयल०को दिन पनि बिदा दिइनेछ ।

सार्वजनिक बिदा प्रकाशनमा ढिलाइ
प्रदेश सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करिब दुई साता बितिसक्दा पनि संघीय सरकारमातहतको मुद्रण विभागबाट प्रकाशन भएको छैन । कुनै पनि कानुन वा निर्णय मुद्रण विभागमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउने प्रावधान रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारसँग आफ्नै मुद्रण विभाग नहुँदा संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको विभागमा प्रकाशित गर्नुपर्छ । प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय काठमाडौं पठाएको एक साता भइसकेको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

मुद्रण विभागले कुनै पनि सूचना प्रकाशित गर्न संघीय कानुन मन्त्रालयसँग सैद्धान्तिक सहमति लिने प्रावधान छ । तर, प्रदेश सरकारले गरेको निर्णय मुद्रण विभागले प्रकाशित गर्न आनाकानी गरिरहेको स्रोतले जनाएको छ । यसअघि प्रदेश २ सरकारले ल्याएको आर्थिक कार्यविधि विधेयक प्रदेश सभाबाट पास भई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसक्दा पनि मुद्रण विभागमा प्रकाशित हुन सकेको छैन ।

संघीय सरकारले तोकेबाहेक प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिन निर्णय गरेको दाहालले बताए ।

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ । मधेस आन्दोलन स्मृति दिवस ५ माघमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन ९वारह रविउल्ल औयल०को दिन पनि बिदा दिइनेछ ।

सार्वजनिक बिदा प्रकाशनमा ढिलाइ
प्रदेश सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करिब दुई साता बितिसक्दा पनि संघीय सरकारमातहतको मुद्रण विभागबाट प्रकाशन भएको छैन । कुनै पनि कानुन वा निर्णय मुद्रण विभागमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउने प्रावधान रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारसँग आफ्नै मुद्रण विभाग नहुँदा संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको विभागमा प्रकाशित गर्नुपर्छ । प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय काठमाडौं पठाएको एक साता भइसकेको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

मुद्रण विभागले कुनै पनि सूचना प्रकाशित गर्न संघीय कानुन मन्त्रालयसँग सैद्धान्तिक सहमति लिने प्रावधान छ । तर, प्रदेश सरकारले गरेको निर्णय मुद्रण विभागले प्रकाशित गर्न आनाकानी गरिरहेको स्रोतले जनाएको छ । यसअघि प्रदेश २ सरकारले ल्याएको आर्थिक कार्यविधि विधेयक प्रदेश सभाबाट पास भई प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसक्दा पनि मुद्रण विभागमा प्रकाशित हुन सकेको छैन । साभार ई नया पत्रिका
चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु - 2017-06-04
नेकपा एमालेले रौतहटको चन्द्रपुर नगरपालिका १ मा निर्वाचन परीचालन सम्पर्क कार्यालयको उद्घाटना गरेको छ । एमालेको रौतहट जिल्ला सचिव लक्ष्मण रेग्मीको प्रमुख आतिथ्यमा सम्पर्क कार्यालय स्थापना भएको हो ।

निर्वाचान आयोगको निर्णय अस्विकार्य :एमाले - 2017-06-03
प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको निर्णय स्विकार्य नहुने जनाएको छ ।

भरतपुरमा पुन मतदान हुने आयोगको निर्णय - 2017-06-03
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । अनाधिकृत रुपमा मतगणना स्थल कब्जा भएको पुष्टि भएको भन्दै निर्वाचन आयोगले पुन मतदान गर्ने जनाएको हो ।

चन्द्रपुर ६ मा एमालेका वडा अध्यक्षका उम्मेदवार कुश्वार - 2017-06-03
चन्द्रपुर ६ मा एमालेले खड्ग कुस्वार लाइ वडा अध्यक्षको उम्मेदवार छनौट गरेको छ । तात्कालिन चन्द्रनिगाहपुर गाबिसको २,४,५ र ६ वडा मिलाएर बनाइएको चन्द्रपुर ६ को वडामा कुस्वार अध्यक्षको उम्मेदवार बनेका छन ।

९ गते बाट असार १४ मा सर्यो चुनाव - 2017-05-31
सरकारले असार १४ गते दोस्रो चरणको निर्वाचन को मिति तय गरेको छ।

चन्द्रपुर २ मा एमाले बाट अध्यक्षमा बिर्ख घिसिङ्ग उम्मेदवार - 2017-05-31
रौतहटको चन्द्रपुर नपा २ नम्वर वडामा नेकपा एमालेले बिर्ख वहादुर घिसिङ्ग लाइ अध्यक्षको उम्मेदवार बनाएको छ ।

मुस्लिम समुदायको मुख्य पर्वमा चुनाव राखिनु आपत्ती : एमाले - 2017-05-30
प्रमुख विपक्षी नेकपा एमालेले मुस्लिम समुदायको मुख्य पर्व जुमा अल बिदाको दिन पारेर दोस्रो चरणको निर्वाचनको मिति तोकिएको भन्दै आपत्ति जनाएको छ ।

रौतहटमा एमालेले छान्यो प्रमुख तथा उपप्रमुख उम्मेदवार - 2017-05-30
नेकपा एमालेले रौतहटका स्थानिय तहमा उम्मेदवारहरु छनौट गरेको छ भने तीन वटा तहमा विवादका कारण उम्मेदार छनौट हुन सकेको छैन ।

प्रदेश नम्वर २ मा एमालेले उम्मेदावर छान्यो, केही जिल्लामा विवाद - 2017-05-30
उम्मेदवारहरुको छनौटको बिषयमा बसेको नेकपा एमालेको प्रदेश कमिटीको बैठक सोमवार सकिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 NEXT

English News



1014898 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top