राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

कांग्रेसले भेट्टाएन ६८८० दलित महिला उम्मेदवार - 2017-03-28
देशभरका स्थानीय तह अन्तरगत हरेक वडामा एक महिला र एक दलित महिला उम्मेदवार हुनुपर्ने व्यवस्थालाई स्थानीय सरकारमा उनीहरुको पहुँचका दृष्टिले ऐतिहासिक निर्णय मानिएको छ ।

मधेस आन्दोलनको छानबिन गर्न उच्चस्तरीय टोली महोत्तरीमा - 2017-03-26
महोत्तरी : मधेस आन्दोलनको क्रममा हत्या गरिएको सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्याको छानबिन गर्न उच्चस्तरीय टोली आइतबार महोत्तरीको तत्कालिन महोत्तरी गाविस ९ स्थित सनुखडा पुगेको छ

निर्वाचनका लागि एमालेले तोक्यो उम्मेदवारको मापदण्ड - 2017-03-23
नेकपा ९एमाले० स्थायी कमिटी बैठकले तत्काल प्रदेश नम्वर दुईसँगै प्रदेश स्तरीय विस्तारित भेला गर्ने निर्णय गरेको छ । त्यसैगरी एमालेले जिल्ला, नगर र गाउँ तहसम्म भेला गर्ने पनि निर्णय गरेको छ ।

संसद दुलारी देवीको उपचारको क्रममा निधन - 2017-03-23
नेकपा एमाले की नेतृ तथा संसद दुलारी देवीको बिहिवार राति उपचारको क्रममा निधन भएको छ । काठमाडौँको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेकपा एमालेका प्रचार बिभाग सचिव बिष्णु रीजालले जनाएका छन ।

राष्ट्रिय सरकार पछि निर्वाचन : नया शक्ति संयोजक भट्टराइ - 2017-03-23
रौतहट १० चैत्र/ नया शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले अरु दलको नेपालमा औचित्य समाप्त भैसकेकाले नया शक्तिपार्टीको गठन गरेको बताएका छन ।

मधेसी दलबीच पार्टीमा भित्र्याउने होड - 2017-03-22
पछिल्लो मधेस आन्दोलनको केन्द्र वीरगन्जमा यतिखेर मधेसकेन्द्रित दलहरू स्थानीयस्तरमा प्रभावशाली व्यक्तिलाई आफूतिर तान्न कस्सिएका छन् । संविधान संशोधनबिना मधेसमा स्थानीय तहको निर्वाचन गर्नै नदिने बताउँदै आएका उनीहरूबीच चुनाव मिति नजिकिँदै गर्दा प्रभावशाली उद्योगी, व्यापारी, गाउँका पूर्वमुखियालाई पार्टी प्रवेश गराउने ‘होडबाजी’ नै चलेको हो ।

सप्तरी घटना : प्रतिष्ठाको लडाईं र सुरक्षा लापरवाही - 2017-03-19
२३ फागुन २०७३ मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची–काली अभियान’ अन्तर्गत सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सभा गरिरहेको थियो ।

सुर्खेतमा शनिवार एमालेको शक्ति प्रदर्शन - 2017-03-18
नेकपा एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले सात सालमा लडार्इँ लड्ने कांग्रेस यतिबेला विदेशीका दुई–चार जना दलाल उफ्रिंदा थर्कमान भएको बताएका छन् । ओलीले सुर्खेतमा आयोजित सभालाई सम्बोध गर्दै यस्तो बताएका हुन् ।

कांग्रेसमा गच्छदार भित्र्याउने तयारी - 2017-03-18
सत्तारुढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरुले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749505 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top