प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट



राजनीति प्रकाशित मिति:

वीरगञ्ज :
वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

नगरसभाले पारित आर्थिक ऐन, २०७५ मा फरक आयस्रोत भएका सबै तहका जनताका लागि समान कर लाग्ने उल्लेख छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको तर्फबाट विज्ञप्ति निकाल्दै महानगरपालिकाले निर्धारण गरेको करका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।

संघका अनुसार, मालपोत कार्यालयले रु। १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु। ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।

करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।

सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ । साभार अनलाईन खबर
काँग्रेस – माओवादी केन्द्र गठबन्धन विजयी - 2017-08-02
जिल्ला समन्वय समिति जाजरकोटमा काँग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् ।

विद्युतीय मेसिन ल्याए एकैपटक दुई निर्वाचन सम्भव’ - 2017-08-02
निर्वाचन आयोगले विद्युतीय मेसिन प्रयोग गरे मात्र एकैपटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन सहज हुने भन्दै त्यसका प्राविधिक पक्षबारे राजनीतिक दलसँग छलफल थालेको छ

भारतीय राजदूतसमक्ष राजपाले पोख्यो यस्तो दुखेसो - 2017-08-02
भारतीय राजदूत मन्जिभ सिंह पुरीले राष्ट्रिय जनता पार्टी ९ राजपा नेपाललाई चुनावमा जान सल्लाह दिएका छन्

चुनावभर माओवादी हेडक्वार्टर मधेसमा - 2017-08-02
दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी हेडक्वार्टरु नै मधेसमा राख्ने भएको छ

भरतपुरमा २८०७ मत जलाईयो - 2017-08-01
भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते पुन मतदान गराउने घोषणा गरे लगत्तै दुई हजार आठ सय सात मत मंगलबार जलाइएको छ ।

विखण्डन र विभेदको बीउ रोप्नेलाई परास्त गर्न प्रचण्डको आग्रह - 2017-08-01
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताउनुभएको छ ।

प्रमुख दलको आँखा ‘प्रदेश नम्बर २’ मा स् चुनाव जित्ने रणनीति बनाउन व्यस्त - 2017-07-31
प्रमुख तीन दलसहित सबैजसो राजनीतिक दलहरु प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन्

७७ जिल्ला बनाउन प्रमुख दलहरूको सुझाब - 2017-07-31
प्रमुख राजनीतिक दलहरूले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई जिल्लाको संख्या बढाएर ७७ पु¥याउन सुझाब दिएका छन्

भरतपुर १९ मा पुनः मतदान - 2017-07-31
सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनामा ुअनधिकृत कब्जाु भएको निष्कर्षसहित पुनः मतदानका लागि निर्वाचन आयोगलाई आदेश दिएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

English News



1276241 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top