राजनीति

प्रचण्डले भने : भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ



राजनीति प्रकाशित मिति:

चितवन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’

उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने रु भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ । साभार अनलाईन खबर
उपेन्द्र यादवको खुलासा, ‘सरकारमा आऊ भने तर रहरै मरिसक्यो - 2017-07-15
जिज्ञासा त्यहाँ उठ्न नपाउँदै उनले सरकारमा जाने रहरै मरिसकेको बताए

राजपा नेपालमा संयोजक फेर्ने लफडा - 2017-07-14
राष्ट्रिय जनता पार्टी नेपाल जम्बो कार्यसमितिको नामावलीसहित दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ

म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख - 2017-07-14
काठमाणडौ असार ३० / स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भर्नुभयो ।

मधेसी नेतालाई केपी अ‍ोलीको प्रश्न स् मधेसमा किन विकास भएन - 2017-07-13
मधेसवादी दलका नेताहरुले आफुलाई मधेसको मसिहा भन्ने गरेपनि जनताका पक्षमा काम नगरेकाले यस्तो अवसथा आएको बताए

कांग्रेस नेता निधिले भने( संशोधन प्रस्ताव अघि नबढ्ने भयो । - 2017-07-11
काठमाणडौ २७ अषाढ / सरकारले संसदमा विचाराधीन संविधान संशोधन अघि नबढाउने तयारी गरेको छ ।

संविधान संशोधन प्रस्ताव एमालेबाट अस्वीकार, बालुवाटार बैठक निस्कर्षबिहीन - 2017-07-11
काठमाणडौ असार २७ संविधान संशोधनको विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक निस्कर्षबिहीन भएको छ ।

दोश्रो चरणको स्थानिय तहको मत परीणाम सार्वजनिक , एमाले सवै भन्दा अगाडी - 2017-07-10
दोश्रो चरणमा भएको सवै स्थानिय तहको निर्वाचनको परीणाम सार्वजनिक भएको छ । ३ सय ३४ तहमा भएको स्थानिय तहको निर्वाचनमा एमालेका उम्मेदवार ले सवै भन्दा बढी तहमा बिजयी भएका छन ।

धरान उपमहानगरमा एमालेका मेयर , उपमेयर विजयी - 2017-07-10
सुनसरीको धरान उपमहानगरपालीकाको मेयरमा नेकपा एमालेका उम्मेदवार तारा सुब्बा बिजयी भएका छन ।

मतगणना भइरहेका २६ स्थानीय तहः कहाँ कसको अग्रता - 2017-07-05
काठमाण्डौ २१ असार / असार १४ गते निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब २६ स्थानीय तहको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका अधिकांश नगरपालिका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 NEXT

English News



1010058 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top