राजनीति

प्रचण्डले भने : भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ



राजनीति प्रकाशित मिति:

चितवन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’

उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने रु भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ । साभार अनलाईन खबर
निर्वाचन क्षेत्र निर्धारण समयमा होस् : एमाले - 2017-07-27
काठमाण्डौ १२ साउन/ नेकपा एमालेले समयमै जिम्मेवारी पुरा गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको छ ।

प्रदेश नम्बर दुइमा तरुण दलको जागरण अभियान - 2017-07-27
काठमाण्डौ १२ साउन/ नेपाल तरुण दलले प्रदेश नम्बर दुइमा तरुण जागरण अभियान गर्ने भएको छ। असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै तरुण दलले जागरण अभियान सञ्चालन गर्न लागेको हो।

प्रधानमन्त्रीको निर्देशन अवज्ञा, सिँचाइका ३७ कर्मचारी इटालीमा - 2017-07-27
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको ‘जम्बो टोली’ तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ

नयाँ शक्ति पार्टी देशलाई निकास दिने वैकल्पिक शक्ति : भट्टराई - 2017-07-26
श्रावण ११, २०७४ नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

कांग्रेसका १० मन्त्रीः प्रचण्डलाई हराउनेदेखि गिरिजालाई गलाउनेसम्म - 2017-07-26
१० साउन, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बुधवार मन्त्री बनेका १० जनाले सपथग्रहण गरिसकेका छन् । एकजना मोहन बस्नेतबाहेक अरु सबै ९ जनाका लागि मन्त्री पद नयाँ र पहिलो अनुभव हो ।

मन्त्रीको टुंगो लागेपनि मन्त्रालयको टुंगो अझै लागेन - 2017-07-26
काठमाण्डौ ११ साउन/ सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएपनि सत्तारुढ दलहरु कसलाई कुन मन्त्रालय दिने भन्नेमा अझै टुंगोमा पुग्न सकेका छैनन् ।

डेढ महिनापछि सरकार विस्तारको तयारी, यी हुन् नयाँ मन्त्री - 2017-07-26
११ साउन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि बुधबार पहिलोपटक मन्त्रिपरिषद बिस्तार हुँँदैछ ।

संशोधनको बालहठले संगठन सकिने भयो, अब चुनावमा जाऔँ - 2017-07-25
राष्ट्रिय जनता पार्टी नेपालमा तेस्रो चरणको स्थानीय तहको चुनावमा भाग लिन दबाब बढेको छ

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री - 2017-07-25
श्रावण १०, २०७४ / नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम करिब टुंगो लागेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 NEXT

English News



1010067 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top