प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट



राजनीति प्रकाशित मिति:

वीरगञ्ज :
वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

नगरसभाले पारित आर्थिक ऐन, २०७५ मा फरक आयस्रोत भएका सबै तहका जनताका लागि समान कर लाग्ने उल्लेख छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको तर्फबाट विज्ञप्ति निकाल्दै महानगरपालिकाले निर्धारण गरेको करका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।

संघका अनुसार, मालपोत कार्यालयले रु। १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु। ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।

करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।

सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ । साभार अनलाईन खबर
संसदमा एमाले सांसदको प्रश्न – मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने ? - 2018-05-16
काठमाडौं : संघीय संसदमा सत्तारुढ दलका सांसदले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रशिक्षण दिन माग गरेका छन् ।

संसदमा छक्कबहादुर लामाको प्रश्न - यो राज्य नर्क हो कि के हो ? - 2018-05-16
काठमाडौं : प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामाले सार्वजनिक मुद्दाहरु तल्लो वर्गका मानिसलाई मात्रै लाग्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

संसदमा उठ्यो असिनापानीको कुरा, राहतको व्यवस्था गर्न माग - 2018-05-16
काठमाडौं : सांसदहरुले देशका विभिन्न भागमा असिनापानीले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बालुवाटरमा ओली र प्रचण्ड भेटवार्ता, दुवैको आ-आफ्नै गुनासा - 2018-05-16
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको छ । दुई नेताबीच बालुवाटारमा वार्ता जारी छ । यसअघि मंगलबार प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो ।

नेबिसघ रौतहटको अध्यक्ष कार्की - 2018-05-16
रौतहट २ जेठ // नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्षमा केन्द्रिय समितिले मङ्गलबार देबराज कार्की लाइ चयन गरेको छ । एकसाता अघि श्यामहरी चौलागाइ लाइ अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

पशुपतिमा ४५ मिनेट बिताएका मोदीले के-के गरे ? - 2018-05-12
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित पञ्चामृत पुजा गरेर साढे १२ बजे बाहिरिएका छन् । उनले करिब ४५ मिनेट दर्शन र पुजाआजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा - 2018-05-11
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । दुई दिने राजकीय नेपाल भ्रमणका लागि मोदी जनकपुर आइपुगेका हुन्। एयर इन्डियाको विशेष जहाजबाट मोदी जनकपुर आएका हुन् ।

सरकारको कार्यशैलीप्रति माधव नेपाल असन्तुष्ट - 2018-05-11
काठमाडौं : सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेबिसंघ रौतहटको अध्यक्षमा चौलागाइ - 2018-05-08
रौतहट २५ बैसाख// नेपाल बिद्यार्थी संघ रौतहटको अध्यक्ष पदमा श्यामहरी चौलागाइलाइ जिम्मेवारी दिइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

English News



1276252 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top