राजनीति

प्रचण्डले भने : भोलिदेखि ओलीसँग गम्भीर वार्ता हुन्छ



राजनीति प्रकाशित मिति:

चितवन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’

उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने रु भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ । साभार अनलाईन खबर
सर्लाहीमा गोली चल्यो - 2017-12-07
सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ।

अब संक्रमणकालको अन्त्य हुन्छ : थापा - 2017-12-07
राप्रपा नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा मकवानपुर १ का उम्मेदवार कमल थापाले यो निर्वाचनले संक्रमणकालको अन्त्य गर्दै देश विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

पहिलो चरणको निर्वाचनको मतगणना साँझ ५ बजेदेखि - 2017-12-07
पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ ।

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान - 2017-12-07
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

बालकोटमा शंकास्पद बस्तु भेटियो - 2017-12-07
भक्तपुरको बालकोटमा शंकास्पद बस्तु भेटिएको छ । कौशलटारबाट बालकोट जाने पुलमा शंकास्पद बस्तु भेटिएको हो ।

कर्मचारीको गल्तीले अर्कै बाकसमा मत खसेपछि पुनः मतदान - 2017-12-07
कर्मचारीको असावधानीका कारण प्रदेशसभा सदस्यको मत पत्र प्रतिनिधिसभाको मतपेटिकामा खसालेपछि पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिकास्थित त्रिमुर्ती आधारभूत तिलौली केन्द्र ’ख’ मा पुनः मतदान भएको छ।

भक्तपुरमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप - 2017-12-07
भक्तपुरको क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ।

सर्लाहीमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर - 2017-12-07
सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ ।

रौतहटमा २५ प्रतिशत भन्दा बढी मत खस्यो - 2017-12-07
रौतहटको विभिन्न मतदान स्थानबाट उम्मेदवारहरु समेत मतदान गरेको छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 NEXT

English News



1010080 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top