प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट



राजनीति प्रकाशित मिति:

वीरगञ्ज :
वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

नगरसभाले पारित आर्थिक ऐन, २०७५ मा फरक आयस्रोत भएका सबै तहका जनताका लागि समान कर लाग्ने उल्लेख छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको तर्फबाट विज्ञप्ति निकाल्दै महानगरपालिकाले निर्धारण गरेको करका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।

संघका अनुसार, मालपोत कार्यालयले रु। १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु। ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।

करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।

सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ । साभार अनलाईन खबर
कांग्रेसको ‘महोदय ज्यू’ र मधेसवादीको संविधान संशोधनमा प्रधानमन्त्रीको के आउला जवाफ ? - 2018-05-27
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

पुर्वराजा ज्ञानेन्द्र रौतहटमा - 2018-05-25
गौर ११ जेठ // पुर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानियबासीको स्वागतले आफु निकै खुशी रहेको बताएका छन । एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गरेका छन ।

मोदीका लागि जनकपुरमा बनाइएको शौचालयमा कर्मचारीको लुछाचुँडी ! - 2018-05-25
जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीका क्रममा भएको खर्च प्रदेश सरकारले हालसम्म सार्वजनिक गर्न सकेको छैन । गत वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा आएर फर्किएको दुई साता भइसक्दा पनि प्रदेश सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न सकेको छैन ।

समर्थन फिर्ता लिने तयारीमा नेकपा - 2018-05-23
जनकपुरधाम : नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।

नेकपामा रौतहटबाट सात जना केन्द्रिय कमिटीमा - 2018-05-22
रौतहट ८ जेठ // नेपाल कम्न्युनिष्ट पार्टीमा रौतहटबाट सात जना केन्दिय कमिटीमा मनोनित भएका छन ।

गाउपालीका प्रमुख बिरुद्ध उप प्रमुखको उजुरी - 2018-05-21
रौतहट ७ जेठ// रौतहट यमुनामाई गाउपालीकाका उप प्रमुख गिता साहले गाउपालीका प्रमूख र अधिकृतले मनोमानी गरेको आरोप लगाएकी छिन /

‘प्रदेश २ लाई असफल पार्ने षडयन्त्र गरियो’ - 2018-05-21
बर्दिबास : रदेश २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेशलाई असफल बनाउन चौतर्फी प्रयास भैरहेको बताएका छन् ।

प्रदेश सरकारले भन्योः संविधान त्रुटीपूर्ण छ, मुख्यमन्त्रीको अभिव्यक्तिमा विवाद नगरौं - 2018-05-17
जनकपुरधाम : प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिमाथि बहस गर्नु औचित्यहीन भएको बताएको छ ।

कानुनबिना चल्दै प्रदेश सरकार - 2018-05-17
जनकपुरधाम : प्रदेश २ को सरकार अहिलेसम्म कानुनबिना सञ्चालन भइरहेको छ। गठनको तीन महिना बित्न लाग्दा पनि प्रदेश सरकार भने ऐन÷कानुनबिना चलिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

English News



1276242 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top