राजनीति

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन



राजनीति प्रकाशित मिति: काठमाडौं ६ माघ

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् ।

‘गुण्डा नाइके’को रुपमा  चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० रविन्द्र धानुकले पुष्टि गरेका छन् । ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’ 

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् । 

महानगरीय अपराध महाशाखा प्रमुख ९एसएसपी० दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’    

२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसला पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाई दिँदै मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । 

सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए । 

सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । 

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ । ratopati

तेश्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक - 2017-07-20
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि भदौ २१ गते उम्मेदवारी दर्ता हुने भएको छ । असोज २ गते हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

पुर्व प्रधानमन्त्री नेपाल द्धारा बिधालय बनाउन पहल - 2017-07-20
नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले चन्द्रपुर नपाको असनवा र रैयाटोल स्कुलका अभिभावकहरु संग भेटघाट गरेका छन ।

नेपाली कांग्रेसले डाँक्यो २ नम्बर प्रदेशको बैठक - 2017-07-20
नेपाली कांग्रेसले तेस्रो चरणमा हुन लोगेको प्रदेश नम्बर दुइका केन्द्रीय सदस्य र जिल्ला सभापति सहितको बैठक आवहान गरेको छ ।

मन्त्रालय भागवण्डा टुंगियो, माओवादीलाई ९ र कांग्रेसलाई १३ - 2017-07-18
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुर्इ दलबीच भएको छ ।

बसरुद्दीन अंसारीको उम्मेदवारी बदर हुने – सुधिर कर्ण - 2017-07-18
मेडिकल कलेजले बारम्बार ताकेता गर्दा पनि कर तिर्न चासो नदेखाएको, आफैले आफ्नो कर निर्धारण गरेको बताए

देउवाको च्याम्बरमा बुद्धिविलासः राष्ट्रियसभाबाटै प्रधानमन्त्री - 2017-07-17
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा केही दिनअघि कांग्रेस नेताहरुको जमघट भयो

फोटो सहितको मतदाता नामावली दर्ता साउन १५ सम्म - 2017-07-17
रौतहट, २ साउन / निर्वाचन आयोगले आईतबार देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको छ ।

राजपामा चीन विवादपछि दुई फ्याक स् भद्रगोलमा फस्दै - 2017-07-17
६ वटा पार्टि एक भएर गठन भएको तराई केन्द्रि दल राजपाको संगठन भद्रगोलमा फस्दै जान थालेको छ

अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो माग होइन - 2017-07-16
पर्सा १ साउन / राष्ट्रिय जनता पार्टी नेपाल राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको स्पष्ट पार्नुभएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 NEXT

English News



749396 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top