प्रचण्डलाई फकाउन को–को सक्रिय ?

राजनीति

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट



राजनीति प्रकाशित मिति:

वीरगञ्ज :
वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

नगरसभाले पारित आर्थिक ऐन, २०७५ मा फरक आयस्रोत भएका सबै तहका जनताका लागि समान कर लाग्ने उल्लेख छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको तर्फबाट विज्ञप्ति निकाल्दै महानगरपालिकाले निर्धारण गरेको करका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।

संघका अनुसार, मालपोत कार्यालयले रु। १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु। ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।

करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।

सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ । साभार अनलाईन खबर
राष्ट्रियसभाका लागि प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम - 2018-01-22
काठमाडौं : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् ।

एमाले फकाउन प्रचण्डको दशक पुरानो सूत्र - 2018-01-22
काठमाडौ : ०६३ मंसिरमा जब सरकार र माओवादीको बीचमा विस्तृत शान्ति सम्झौता भयो, एउटा अचम्मको प्रस्ताव माओवादी वृत्तबाट सुनिन थाल्यो– गिरिजाबाबुलाई अब नोबेल शान्ति पुरस्कार दिइनुपर्छ।

अति बिपन्न मुसरह बस्तिमा कम्वल बितरण - 2018-01-21
रौतहट ७ माघ// हिमवती नेपाल शनिवार रौतहटको बिभिन्न मुसहर बस्तिहरुमा न्यानो कम्वल बितरण गरेको छ । रौतहटको चन्द्रपुर नपा १० बडेर्वाटोल, गुजरा नपाको मनर्वाटोल र फतुवा बिजयपुर नपा ८ को लक्ष्मनियाटोलमा कम्वल बितरण गरेको हो ।

सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने साम्सद राजिब पाहारिको घोषणा - 2018-01-21
माघ ७ ,पोखरा// कास्की निर्बाचन क्षेत्र न ३ ख बाट प्रदेश न ४ का साम्सद राजिब पाहारिले सपथ लगत्तै फेवा तालको आकार बढाउने काम एक हप्ता भित्र शुरु गर्ने घोषणा गरेका छन।

सपथ लिन गएनन् दीपक मनाङे - 2018-01-21
पोखरा : प्रदेश ४ का ५८ प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । नगर विकास प्रशिक्षण केन्द्रमा आयोजित सपथग्रहण समारोहमा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य ६७ वर्षीय जनकलाल श्रेष्ठलाई सपथ खुवाएका थिए भने श्रेष्ठले अन्य ५७ सांसदलाई सपथग्रहण गराएका थिए ।

प्रदेश २ का सांसदले लिए सपथ, भाषामा विवाद - 2018-01-21
जनकपुर : २ नम्बर प्रदेशका प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बालकोटमा बस्दैछ एमाले–माओवादी एकता संयोजन समिति बैठक - 2018-01-21
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दैछ ।

प्रदेश प्रमुखले सम्हाले पदभार, ज्येष्ठ सदस्य जनकले लिए सपथ - 2018-01-21
पोखरा : प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेका छन् । लगतै प्रदेशसभाका जेष्ठ सदस्यलार्इ सपथ गराएका छन् ।

प्रदेश प्रमुखले सम्हाले पदभार, ज्येष्ठ सदस्य जनकले लिए सपथ - 2018-01-21
पोखरा : प्रमुख ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

English News



1276240 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top